साउदीमा आईडी नवीकरणमा ढिलाइ गरे हजार रियाल जरिमाना

काठमाडौं । राहदानीसम्बन्धी साउदी महानिर्देशनालयले समयमै आफ्नो परिचयपत्र नवीकरण नगर्ने आप्रवासीलाई आईडीको म्याद सकिएको तीन दिनपछि जरिमाना गरिने बताएको छ । पहिलोपटक ढिलाइ गरेमा ५ सय साउदी रियाल जरिमाना लगाइनेछ भने दोस्रोपटक पुनः नवीकरणमा ढिलाइ गरे हजार रियाल जरिमाना गरिने जनाएको छ ।

नवीकरण प्रक्रियालाई सरल बनाउन अब्सेर प्लेटफर्म प्रयोग गर्न सकिने जनाएको छ । जसले परिवारका सदस्यहरू वा घरेलु कामदारहरूका लागि निवासी आईडीहरूको इलेक्ट्रोनिक नवीकरणका लागि अनुमति दिन्छ ।

अब्सेरमार्फत आईडी नवीकरण गर्न प्रयोगकर्ताहरूले आफ्नो प्रयोगकर्ता नाम वा आईडी नम्बर र पासवर्डका साथ अब्सेर व्यक्तिगत प्लेटफर्ममा लगइन गर्नुपर्छ । त्यसपछि दर्ता गरिएको मोबाइल नम्बरमा प्रमाणीकरण सन्देश प्राप्त गरेपछि अब्सेर सेवाहरूको मुख्य पृष्ठ खुल्नेछ ।

त्यहाँबाट, ई–सेवाहरूमा नेभिगेट गरेर प्रायोजक सेवाहरू चयन गर्न सकिने महानिर्देशनालयले जनाएको छ । त्यसपछि सूचीबाट ‘इकामा नवीकरण’ छनोट गरी सेवा लिन सकिनेछ । सेवा निर्देशनहरू समीक्षा गरेपछि, प्रयोगकर्ताहरूले व्यक्ति चयन गर्न, निवास वा आईडी नवीकरण गर्न, विवरणहरू पुष्टि गर्न र नवीकरण प्रक्रिया पूरा गर्न सकिने जनाइएको छ ।

यस्ता छन् सर्तहरू
वाञ्छित अवधिका लागि आवश्यक शुल्कको भुक्तानी ।
ट्राफिक नियम उल्लंघन नगरेको ।
लाभार्थीको राहदानी मान्य छ भनी प्रमाणीकरण ।

लाभार्थी कामबाट अनुपस्थितिका रूपमा सूचीबद्ध गरिएको छैन भन्ने पुष्टि हुनुपर्छ । प्रणालीमा लाभार्थीको फिंगरप्रिन्ट र फोटो, साथै ६ वर्षभन्दा माथि उमेरका कुनै पनि परिवारका सदस्यहरूको दर्ता हुनुपर्छ । प्रत्येक परिवारका सदस्यको आफ्नै राहदानी हुनुपर्छ । लाभार्थीको राहदानीमा परिवारका कुनै सदस्यहरू समावेश गर्नुहुँदैन ।

साउदी सरकारको यस निर्यणसँगै रोजगारदाता कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्यामा पर्ने नेपाली कामदारहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र कम्पनीले अकामा नवीकरण नगरिदिँदा कम्पनी छाडेर धमाधम गैरकानुनी बनिरहेका छन् ।

यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् । साउदीमा करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका पाइन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु