‘बर एण्ड बधु’ को ‘ग्रान्ड रेड कार्पेट प्रिमियर’

पोखरा । पछिल्लो समय नेपाली चलचित्रहरु काठमाडौं बाहिर मोफसलमा पनि प्रिमियर हुन थालेका छन् । यसै क्रममा नयाँ चलचित्र ‘बर एण्ड बधु’को पोखरामा भव्य प्रिमियर भएको छ ।

‘गोर्खा वारियर’ सफलतापछि निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘बर एण्ड बधु’ लिएर आएका हुन् । यो चलचित्र यही शुक्रबारबाट देशव्यापी रिलिज हुने भएको छ । वर एन्ड बधुको प्रदर्शनअघि पोखराको सभागृहचोकस्थित मिडटाउन सिनेमाजमा मंगलबार साँझ भव्यरुपमा ‘ग्रान्ड रेड कार्पेट प्रिमियर’ गरिएको हो । बुधबार काठमाडौंमा प्रिमियर हुने यो चलचित्रको पोखराका दर्शकको चाहना अनुसार यहाँ प्रिमियर गरिएको निर्माण पक्षले जनाएको छ ।

रेड कार्पेट प्रिमियर शोमा यो चलचित्र प्रमुख कलाकार अभिनेत्री आँचल शर्मा, नव अभिनेता विवेक कर्माचार्य, कलाकारहरु किरण केसी, कुसुम शर्मा, बिजु पार्कीलगायत निर्देशक मिलन चाम्स र निर्माता जानुका थापा उपस्थित थिए । रेड कार्पेटमा कलाकारले आकर्षक पहिरनमा सजिएर उपस्थित हुँदा कार्यक्रममा रौनक छाएको थियो ।

यो प्रिमियर शोमा पोखराका प्रतिष्ठित व्यक्तिहरु, मिडियाकर्मी र दर्शक भरिएका थिए । यो चलचित्र हेरेपछि पोखरेली दर्शकले चलचित्रको खुलेर प्रसँसा गरे । करिब ६० प्रतिसत युरोपमा छायाँकन गरिएको यो चलिचत्र अन्तराष्ट्रिय स्तरको बनेको प्रतिक्रिया प्रिमियर शोमा सहभागी पोखराका विशिष्ट व्यक्तिहरुले दिए ।

निर्देशक चाम्सले चलचित्रको विषयवस्तु र निर्माणक्रममा भएका अनुभव दर्शकसँग बाँडे । उनले बर एण्ड बधु रोमान्टिक प्रेमकथामा आधारित रहेको र युवापुस्तालक्षित गर्दै बढी ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको स्पष्ट पारे ।

नायिका आँचल शर्माले यो चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । नवनायक विवेक कर्माचार्यले यो चलचित्र आफ्नो करियरको सुरुवातका लागि महत्वपूर्ण रहेको बताउँदै दर्शकसँग प्रेम र समर्थनको अपेक्षा गरे ।

चलचित्रका लागि पोखरा पनि त्यतिकै ठुलो बजार भएकाले आफुहरुले पहिलो प्रिमियरको लागि पोखरा चयन गरेको यसको निर्माता जानुका थापाले कार्यक्रममा बताईन् । यो चलचित्र नेपाल र रोमायिनाँमा छायाँकन गरिएको पनि उनले जानकारी गराईन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल, कास्की अध्यक्ष प्रभु अधिकारीले कार्यक्रमले चलचित्र वर एन्ड बधुलाई एउटा स्थानमा पु¥याएको बताए । उनले पोखरामा हुने यस्ता खालका ग्रान्ड कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता