काठमाडौं । हास्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ले २०७५ सालमा आफ्नै लगानीमा निर्माण भएको चलचित्र ‘सेन्टी भाईरस’मा मुख्य भूमिका निर्वाह गरेका थिए । सामाजिक कार्यमा सक्रिय रहे पनि उनले सो चलचित्र दर्शकमाझ ल्याए । त्यसपछि भरतपुरमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालाका निर्माणमा लागेका उनी करिब ६ वर्ष चलचित्र अभिनयबाट टाढा रहे ।
यिनै अभिनेता यतिबेला चलचित्र अभिनयमा फर्किएका छन् । आफ्नै भाई कलाकार कुमार कट्टेल (जिग्री ब्रो)ले निर्माण निर्देशक गरिरहेको चलचित्र ‘लाज शरणम्’मा सिताराम अनुबन्धित भएका छन् । यो चलचित्रको अहिले डोल्पामा छायाँकन भईरहेको छ । केही हप्ता अघि युरोपमा रहेका सिताराम हालै लाज शरणमको लागि डोल्पा पुगेका हुन् ।
आफु चलचित्र लाज शरणमको छायाँकन व्यस्त भएको बताए पनि सितारामले सो चलचित्रमा आफ्नो भूमिका’bout खुलाएका छैनन् । आफ्नो विशेष भूमिका रहेको यी कलाकारको कथन छ । मँगलबार मात्रै निर्माण पक्षले सितारामलाईं राखेर चलचित्र लाजशरणमको पोष्टर सार्वजनिक गरेको छ । बितग दुई वर्षदेखि स्टेज कार्यक्रममा केन्द्रित रहेका सिताराम अब भने निरन्तर चलचित्र अभिनयमा आउने पक्षमा छन् ।






