काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिएका छन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सही समय आएपछी, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
शुक्रबार विभिन्न सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकार पक्राउ गरिएको र केही मिडिया हाउसमा धरपकड भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।
पक्राउ परेका पत्रकार केही घण्टामै रिहा भए पनि घटना’bout सरकारको जवाफदेहिता माग भइरहेको छ । पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन, उनको सचिवालय र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले २८ जना पत्रकारको सूची’bout व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । उक्त पोस्टमा प्रधानमन्त्री बालेनले पनि ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार’ भन्दै प्रतिक्रिया दिएका थिए ।
पत्रकार पक्राउ प्रकरणको विरोध भइरहेका बेला प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिको आशय र लक्षित समूह’bout भने खुलाएका छैनन् ।

सम्बन्धित समाचार
निजामति कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
निरन्तर छलफलमा रास्वपा सभापति रवि लामिछाने
‘विवादमा आएका न्यायाधीशविरुद्ध महाभियोग !’
बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चलेको गगन थापाको आरोप
प्रधान न्यायाधीशलाई महाभियोग नलगाउन रास्वपा संसदीय दललाई निर्देशन






