‘लकडाउन’ ले सुनसान पिपलचौतारी

दैलेखको आठविस नगरपालिका–१ सात्तलाको कोशमा रहेको पिपलचौतारी । तस्वीर : भक्तबहादुर शाही/दैलेख

दैलेख । यतिबेला गाउँका पिपलचौतारी शितल छाया दिनको लागि महत्वपूर्ण मानिन्थे । पिपलचौतारीमा बसेर बुढापाका, युवायुवतीले, दिदी बहिनी दाजुभाइले सुख दुःखका गफ गर्थे । वनपाखा जाँदा वा फर्किदा भारी बिसाएर एकआफसमा गर्न थलो बनेको हुन्थ्यो । तर त्यही पिपलचौतारी भने, आजभोलि पराइजस्तो बनेको छ, पहिले जसरी कोही मानिस पिपलचौतारीमा भेटिदैनन् । सधै भरिभराउ हुने चौतारी सुनसान जस्तै छ । एक्लै छ । पिपलको छहारी छायामा कमी भने छैन । कमी छ त छायाँमा बस्ने मानिसको, आगन्तको, बटुवाको ।

चैत र वैशाखको उखरमाउलो गर्मीमा बरपिपल चौतारीमा गर्मी छल्न शितल बस्नेको घुइँचो नलागेको कहाँ नै हुन्थ्यो होला र ? तर यो वर्ष सदियौंदेखि सितलता दिदैआइरहेका हरेक मान्छेका गर्मी छल्न शितल छहारी बनिरहेका वरपिपल चौतारीमा कोही पनि नआई दिँदा अहिले सुनसान र मान्छे बिना एक्ला बन्न पुगेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रूप लिएपछि त्यसबाट बच्न लकडाउन को पालना गर्दै सबै मानिसहरू आफ्ना घर घरमा बसेका कारण कोही पनि गर्मी छल्ने ती सितलदिने वरपिपल चौतारीमा गर्मी छल्न कोही नजाँदा आजभोली एतिहासिक चौतारी सुनसान र एक्ला बन्न पुगेका हुन् ।

जिल्लाका ११ वटा स्थानीय तहमा ९० वडा रहेको दैलेखमा हरेक वडाहरूमा बर पिपलुका चौतारी रहेका छन् ।

चैत सुरु भएसँगै नयाँ पालुवा पलाएपछि अन्य बिरुवा जस्तै रङ परिवर्तन भइ सौंन्दर्य त फेरिए झै यी वरपिपलहरुको पनि स्वरूप परिवर्तन भइ निकै सुन्दर र लोभलाग्दा भए पनि त्यस सुन्दरतामा लोभिने मान्छे कोही नहुँदा तिनको सौंदर्य त सुन्दरता र शितलता सुन्यमा परिणत हुन् पुगेको छ ।

परम्परागत रूपमा शितलु बस्न र थकान मेटाउन का लागि हरेक गाउँका एक घण्टा उकाली पैदल यात्रा पछि रोपिएका र चौतारीका रूपमा निर्माण गरिएका भेटिने ति सयौ बरपिपलु चौतारीहरु यो वर्ष थकान मेट्ने र शितल छहारी बस्ने कोही नहुँदा एकोहोरो शितलता दिन बाध्य भएका छन् ।

गाउँका सयांै युवायुवतीदेखि, बुढापाका, गाई भैंसी बाख्रा गोठालाहरुको शितल छहारी बस्ने थलोको रूपमा र धार्मिक हिसावले पनि इतिहास बोकेको दैलेख सदरमुकाम आउने माल्ली चौतारी सुनसान भएको आफ्नो जीवनकालमा पहिलो भएको नारायण नगरपालिका–२ का ७६ वर्षिय भीम बहादुर थापा बताउनुहुन्छ । “म आफू जान्ने भएदेखि यो चौतारी खाली भएको अहिले देखें आफू अचम्म र दङ्ग परेको छु ।

“आफ्ना बुवाहरुको पालाको यो पिपल चौतारीमा नबस्ने सायद कमै होलान् अहिले सडक आयो पहिले क्षेत्र नं–२ का साविकका ३१ गाविसका मान्छेहरूको दैलेख सदरमुकाम आउने मुख्य नाका नै यही थियो अन्य कुनै बाटो थिएन रावटकोट बाट पैदल ३ घण्टा उकाली ओराली हिँडेपछि पसिना वगाउने र शितल छहारी बसेर नजाने मान्छे थिएन । यो चौतारी भरी बस्ने मान्छेको कमी हुन्थेन सबैलाई यसले भगवान विष्णु कै काम गरेको पुरानो सम्झना गर्नुहुन्छ ७६ वर्षिय थापा ।”

कस्तो जमाना आए यो बेला गाउँका सबै त्यही शितल छहारी बस्ने अनि हामी बुढापाकाहरूको भेटघाट हुन्थ्यो । दुई दिन लठ्ठी टेक्दै आए कोही आएनन् के रोग फैलियो यस्तो चौतारीमा भेटघाट हुन पनि छोड्यो । अब अर्को साल बाँचिने हो होइन यस कोरोनाले मनको धोको मनमै राख्यो कलियुग आएको हुनाले यस्तो भएको होकी उनले बताए ।

माल्ली चौतारी र थापाको मात्र एक्लो भएको अनुभब र गुनासो होइन यस्तै जिल्लामा रहेका सयौ बर पिपलु चौतारीको सुनसान र एक्ला भएका छन् । आठविस नगरपालिका–१ मा रहेको सय वर्ष पुरानो कोस डाँडाको चौतारी गाउँका सयौ मान्छेहरू गर्मी छल्न शितल बस्न भीड लाग्ने गरेपनि आजभोलि कोही मान्छे न आएको चौतारी नजिक घर भएका ६५ वर्षिय छवि नेपाली बताए । उनले भने,मेरो उमेरमा चौतारामा मान्छे नआउने भएको पहिलो पटक हो । त्यसैगरि ठाटीकाँध वडा नं १ मा रहेको त्यहाँको लोकप्रिय (भेडीखोर चौतारी ) लक डाउन कै कारण चौतारी मा कोही पनि नभएको शिक्षक दिलबहादुर रावतले बताए ।

गाउँका चौतारी खाली हुनुमा सबै जनताहरूले लकडाउनको पूर्ण पालना गरेकोले कोही नभएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले दाबी गरे ।यदी लकडाउनको पालना नगरेको भए, गाउँका हरेक चौतारीमा मान्छेहरू भरिएका हुन्थे पोहोर तिर कुनै सामूहिक गतिविधि गर्दा यी महिनाहरूमा चौतारी बाहेक अन्य ठाउँमा गयो भने मान्छेहरूको भेट्न मुस्किल पर्ने पथ्यौं । तर यो वर्ष सबै जनता सचेत भई आफ्नै घरमा सुरक्षित बस्नुभएको छ । आफू निकै खुसी भएको र सितल छहारी अर्को पटक बस्दानी हन्छ, उनले भने । जिल्लाका ११ वटा स्थानीय तहमा ९० वडा रहेको दैलेखमा हरेक वडाहरूमा बर पिपलुका चौतारी रहेका छन् ।

बर पिपल चौतारी नभएको कुनै गाउ नै नभएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बुहदर थापाले बताए । जिल्लाका ९० वडामा प्रत्येकमा कम्तीमा २० बढीमा ५० चौतारी भएको र आफूले सबै स्थानीय तहका प्रमुखसँग बुझ्दा सबै नागरिकले लकडाउन को पालना गरेको उहाँहरूबाट जवाफ पाएको छु । यो गर्मी मा पनि सबै बर पिपलु चौतारीहरु खाली हुनुबाट पनि प्रमाणित हुन्छ सबै नागरिक सचेत छन्, थापाले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 1,414 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर