डा. विक्रान्तको माया गर्ने मै हो

काठमाडौं । डा. विक्रान्त मेहताले आफनो स्वरमा नयाँ गीत माया गर्ने मै हो…को भिडियो सार्वजनिक गरेका छन् । उनको यो आधुनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा रिदम कँडेलको संगीत संयोजन, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

पेसाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताले गायनलाई पनि अघि बढाउँदै आएका छन् । गीतको भिडियोमा उनकै अभिनय रहेको छ । डा. मेहतालाई मोडल स्मारिका ढकालले भिडियोमा अभिनयमा साथ दिएकी छिन् । माया गर्ने मै हो गीतमा एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको छ । यो गीत र भिडियो हरेक प्रेमी मनहरूका लागि उपहार हुने मेहताको कथन छ ।

भिडियोलाई निर्देशन प्रकाश धितालले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोलाई एम सिरिज ग्लोबल च्यानलबाट बजारमा ल्याईएको छ । जसको छायांकन उत्सब दाहालको र सम्पादन राकेश दाहालको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता