मलेसियामा अवैधानिक विदेशी श्रमिकमाथि धरपकड तीव्र

=â

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीव्र धरपकड भइरहेका बेला १६ नेपालीसहित १ सज ७६ विदेशीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बंगलादेशका ७१, म्यानमारका ६०, इन्डोनेसियाका २४, पाकिस्तानका तीन र इजिप्ट र सुडानका एक–एक नागरिक रहेका छन् ।

क्वालालम्पुर अध्यागमन विभागले जालान अलोर, बुकित बिनटाङमा गरेको अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।

क्वालालम्पुर अध्यागमन निर्देशक वान साउपी वान युसुफले ओभरस्टे गरेको र वैध यात्रा कागजातहरू नभएको विषयमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई कागजात प्रक्रिया र थप कारबाहीका लागि क्वालालम्पुर अध्यागमन विभागको मुख्यालय लागिएको छ ।

१६ नेपालीसहित १७६ जना पक्राउ

अपरेसनमा ६१ अध्यागमन अधिकारी र ३० क्वालालम्पुर सिटी हलका कर्मचारीहरू संलग्न रहेका थिए । यसले मलेसियामा अवैध रूपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित गर्ने छ । विभिन्न कारण भिसाको अवधि सकिए पनि सयौं नेपाली स्वदेश नफर्किएर मलेसियामै कार्यरत छन् ।

यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजातबिना मलेसियामा बसिरहेका विदेशीहरू पक्राउ गर्ने रहेको छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम