न्यायक्षेत्रमा उठेका विषयमा अध्ययन गर्न नपाल बार एसोसिएसनले गठन गर्यो अध्ययन समिति

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन् । सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन् ।

समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य संकलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए । बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै