बिस्कुट उद्योगले ९७ जना मजदुर निकालिएपछि आन्दोलन

मकवानपुर । मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट उद्योगले लामो समयदेखि कार्यरत ९७ मजदुरलाई रोजीरोटी खोसेर कामबाट निकालेपछी उद्योगमा झण्डै एकसाताबाट चरणबद्ध आन्दोलन जारी छ ।

नेपालकै ठुलो र पुरानो औद्योगिक क्षेत्रको रुपमा रहेको हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको एन्टारटीक बिस्कुट प्रा. लि.ले एकै साथ कर्मचारी अवकाश गरेपछि अहिले आन्दोलन चर्काइएको हो । उक्त बिस्कुट कारखानामा करिब ४०० जना श्रमिकहरु काम गर्दै आएका छन्।

मजदुरलाई काममा फर्काउन ट्रेड युनियन महासंघको ध्यानाकर्षण

जसमध्ये उद्योगले ९७ श्रमिक मजदुरलाई निष्काशन गरेपछि उद्योगमा जिफन्टको नेतृत्वमा सशक्त विरोध र चरणबद्ध आन्दोलन सुरु भएको हो । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको विरुद्धमा १ फागुनदेखि थालेको आन्दोलनलाई थप चर्काउने श्रमिकहरुले चेतावनी दिएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले यस कार्य तुरुन्त बन्द गरेर श्रमिकलाई यथासिघ्र पुनर्बहाली गर्न माग गरेको छ ।

समग्र उद्योग ट्रेड यूनियन नेपाल मकवानपुरका अध्यक्ष केशव प्रसाद अधिकारीका अनुसार उद्योगले बिना कारण स्थायी तथा करारका समेत गरी ९७ जना नियमित रुपमा काम गर्दै आइरहेका श्रमिकलाई गैरकानूनी ढंगले निष्काशन गरेको हो। उद्योगले श्रमिकको मौलिक हक हनन नगर्न माग गर्दै श्रमिकहरु गैरकानूनी तरिकाबाट निष्काशनमा परेकालाई पुनर्वहाली गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको हो ।

उद्योग व्यवस्थापन पक्षको गलत कदम नसच्चिए आन्दोलन थप चर्काउने चेतावनी जिफन्टले दिएको छ । श्रमिकहरुलाई निष्काशन गरिएको विरुद्धमा जारी संघर्ष र थप योजना निर्माणका लागि हेटौंडास्थित जिफन्ट प्रदेश कार्यालयमा समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याललगायतको उपस्थितिमा बसेको बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय लिएको छ ।

त्यस्तै समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरिएको छ । विरोध अन्तर्गत आबद्ध घटक र जन संगठनहरुबाट ऐक्यबद्धता जाहेर गर्ने, मिडिया परिचालन गर्ने, फागुन ६ गते पत्रकार सम्मेलन गर्ने लगायतको निर्णयहरू सार्वजनिक गरिएको छ ।

मजदुरलाई काममा फर्काउन बर्तौलाको ध्यानाकर्षण
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक विस्कुटबाट निकालिएका मजदुरलाई तुरुन्तै काममा फर्काउन मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदमा ध्यानाकर्षण गराउनु भएको छ ।

मुख्य सचेतक बतौलाले ५ फागुन सोमबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै श्रमिकको अधिकार सुनिश्चित गर्न उद्योग व्यवस्थापनसँग माग र आवश्यक सहजिकरणकोलागि श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र भित्र एउटा अन्टार्टिक विस्कुट फ्याक्ट्री छ । त्यहाँ लामो समय देखी कार्यरत मजदुरहरु र व्यवस्थापनको बिचमा श्रमसंग सम्बन्धीत विवाद भयो । विवादको प्रकृया चल्दै गर्दा वार्ता पनि चलिरहेको थियो । वार्ताकै क्रममा व्यवस्थापनले ९६ जना श्रमिकहरुलाई रोजगारीबाट हटाउने काम भयो । त्यस पछी त्यहाँ आन्दोलन चलिरहेको छ ।

रोजगारबाट हटाईएको श्रमिकहरुलाई व्यवस्थापनले अविलम्ब काममा फर्काउने वातावरण बनाउन बर्तौलाले माग गरे । संविधानको धारा ३४ को श्रमको हक र श्रमसंग सम्बन्धीत ऐनको दिएका प्रावधानहरु वमोजिम श्रमीकका हक अधिकारको सुरक्षित गरियोस् भन्नेमा आवाज उठाएका हुन् । “यसका लागि श्रम मन्त्रालयको आवश्यक सहजीकरणको लागि ध्यानाकर्षण गराउँछु” प्रतिनिधि सभाको शुन्य समयमा बर्तौलाले भने ।

जिफन्ट बागमती प्रदेश कमिटीको ध्यानाकर्षण
उद्योगमा कार्यरत मजदुरको रोजिरोटी नै खोसेर अवकाश गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमतीले ध्यानाकर्षण जनाएको छ । जिफन्ट प्रदेश कमिटी अध्यक्ष रामहरी नेपालका अनुसार उचित श्रम अभ्यास तथा संगठन स्वतन्त्रतालई श्रमिकहरुको मौलिक हकको रुपमा स्थापित जिफन्टसँग आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल एन्टारटीक बिस्कुट प्रा. लि. प्रतिष्ठान स्तरिय युनियन स्थापना गरिएको छ ।

सोहि युनियनको पहलमा त्यस प्रतिष्ठानमा कार्यरत श्रमिकहरु मध्ये ८४ जना श्रमिकलाई गत २०८० माघ ७ गते श्रम कार्यालय हेटौंडामा भएको वार्ताको माध्यामबाट नियमित रोजगार संझौता गर्ने र बाँकी श्रमिकहरुका हकमा कानुनः योग्य व्यक्तिहरुलाई क्रमशः नियमित रोजगार सम्झौता गर्दै जाने सहमती गरिएको थियो ।

व्यवस्थापकले बिगतमा गरिएको सहमती बमोजिमको कार्य अगाडी नबढाएपछि ९ साउन २०८१ मा ७२ जना श्रमिकहरुले हस्ताक्षर गरि नियमित रोजगार संझौताको लागि उद्योग व्यवस्थापकलाई निवेदन दिएका थिए ।

यस सन्दर्भमा व्यवस्थापकले श्रम विवाद समाधान गर्ने तर्फ ध्यान नदिएकोले प्रचलित श्रम ऐन बमोजिम ५ भदौ २०८१ मा श्रम कार्यालय हेटौंडामा ८५ जना श्रमिकहरुको हस्ताक्षर सहित मेल मिलापका लागि अनुरोध गरिएको थियो । यस सम्बन्धमा ९ कात्तिक २०८१ मा श्रम कार्यालयमा दुबै पक्ष बिच छलफल भई उद्योगमा कार्यरत रहेका मध्ये ११० जना नियमित प्रकृतिको काममा रहेको र उनीहरुको नियमित प्रकृतिकै रोजगार संझौता हुनु पर्नेमा ट्रेड युनियनका वार्ता प्रतिनिधीहरुको अडान रहेपछि प्रतिष्ठानमा छलफल गर्न समय दिइएको नेपालले बताए ।

तर रोजगारदाताले खराब नियत राख्दै ट्रेड युनियन प्रदत्त अधिकार माथी वन्देज लगाउन प्रयत्न गरेको उनले बताए । यसैको विरोधमा जिफन्टले विभन्न माग राख्दै आन्दोलन चर्काउँदै आएको छ । एन्टरटीक बिस्कुट प्रा. लि. मा कार्यरत श्रमिकहरु मध्ये ११० जना श्रमिकहरुलाई बिगत ५ वर्ष देखि नियमित प्रकृतीको काम लगाएको भएता पनि श्रम ऐन २०७४ को मर्म र भावना बिपरीत १४ माघ २०८१ मा उद्योगको तर्फबाट सुचना प्रकाशित गरि ९६ जना श्रमिकहरुलाई २९ माघ २०८१ बाट रोजगारी अन्त गर्ने निर्णय गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित