काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ ।
बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने निर्णय गरेर ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने संकेत गरेको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए ।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि उनले गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको उल्लेख गरे ।
‘।गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ,’ उनले भने, ‘उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यसअनुसार हामीहरू आफ्ना धारणा बनाएर हामीहरू अगाडि बढ्छौँ ।’
रास्वपाले बिचौलिया सापकोटासँग ‘कनेक्सन’ रहेका न्यायाधीशमाथि महाभियोग लगाउने गरी छलफल अगाडि बढाएको छ । तर, उसले महाभियोगका ’boutमा अहिलेसम्म ठोस धारणा सार्वजानिक गरेको छैन ।
सोमबार रास्वपा सभापति रवि लामिछानेले कानुनमन्त्री सोविता गौतम, समीक्षा बास्कोटा, सुलभ खरेल, यज्ञमणि न्यौपानेलगायत कानुनी पृष्ठभूमि भएका सांसदहरूसँग छलफल गरेका छन् । न्यायाधीशलाई महाभियोग लगाउने विषयमा रास्वपामा दुई धार देखिएको छ ।
बिचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाह निकट देखिएकाले पनि रास्वपा नेतृत्व अन्योलमा परेको छ । न्यायाधीशहरूलाई विवादमा ल्याउन बालुवाटारले नै भूमिका खेलेको निष्कर्षमा सभापति लामिछानेसमेत पुगेको नेताहरू बताउँछन् ।
सम्बन्धित समाचार
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न
एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ
इनम सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले खोले मुख
नेपाली सेनाले भन्योः सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
निरन्तर छलफलमा रास्वपा सभापति रवि लामिछाने






