सर्लाही । सर्लाहीमा लोकसेवा आयोगको परिक्षामा ६ पटक पास गरेका एक जना व्यक्तिलाई सम्मान गरिएको छ । सर्लाहीका गोडैता नगरपालिका निवासी विवेक मिश्र १ वर्षको अन्तरालमा लोकसेवाको लागि दिएको ६ वटा परिक्षा पास गरेर इतिहास बनाउन सफल भएकोमा उनलाई आज । सफलता कोचिंग सेन्टरले सम्मान गरेको हो ।
गोडैता नगरपालिका वडा नं. ८ बस्ने विनोद कुमार मिश्रको २१ वर्षिय छोरा विवेक मिश्रले आर्थिक वर्ष ०८१।०८२ मा लोक सेवाको लागि दिएको ६ वटा परिक्षामा नाम सिफारिस गराउन सफल भएकोले मिश्रलाई सम्मानित गरिएको हो ।
सफलता कोचिंग सेन्टर मलंगवाका संचालिका गीता आचार्य तथा सोही कोचिंग सेन्टरका प्रशिक्षक सुरेश प्रसाद दास लगायत नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका पुर्व जिल्ला अध्यक्ष बिश्वनाथ ठाकुर, उपाध्यक्ष बखतियार अलि, सचिव शुनिल ठाकुर, समाजसेवी बिरेन्द्र गुप्ताको उपस्थितिमा कदर–पत्र सहित मिश्रलाई सम्मानित गरिएको हो ।
सफलता कोचिंग सेन्टरबाट लोकसेवाको अध्यन शुरु गरेका मिश्रले १ वर्षमा लोकसेवाको आफनो लगन र मेहनतबाट ६ वटा परिक्षामा नाम सिफरिस गराएर सर्लाही जिल्ला सहित सफलता कोचिंग सेन्टरको नाम देश भरिमा चिनाउन सफल भएकोमा उनलाई थप उर्जा र हौसला बढाउन मदत पुगोस भन्दै मिश्रलाई कदर सहित सम्मानित गरिएको प्रशिक्षक दासले बताए ।
सम्मान कार्यक्रममा मिश्रका बुबा विनोद मिश्र तथा आमालाई पनि दोसल्ला ओढाई सम्मानित गरिएको हो । परिक्षामा नाम सिफरिस नभएपछि हतास भएर परिक्षा दिन बन्द गर्नु हुँदैन । बरु अझ मेहनतका साथ पढाई गरेर अर्को परिक्षाको तयारी गर्नुपर्छ ।सच्चा मन, वचन र कर्मले मेहनतका साथ पढाई गरे एकदिन आवश्य पनि सफल भईन्छ मिश्रको कथन थियो ।
जति चोटी लोकसेवाको परिक्षामा फेल भए पुन तेतिनै मेहनत र कसरतले प्रयास गरे ठुलो अनुभवका साथ लोकसेवा पास भईन्छ ।यो कुरालाई आत्मसाथ गर्दै अगाडी बढे आवश्यनै सफलता पाउन सकिने मिश्रको भनाई थियो ।






