अभिनेत्री अरुणिमा डिभोर्सको मुद्दा हालेर उडिन अमेरिका

काठमाडौं । हतारमा विहे गरेर फुर्सदमा पछुताउँदै सम्बन्ध विच्छेद गर्ने सेलिब्रेटीहरुको संख्या नेपाली चलचित्र उद्योगमा बढेको छ । अभिनेत्री वर्षा सिवाकोटी देखि गायिका एलिना चौहानसम्मले हतारमा विवाह गरेर फुर्सदमा पछुताउँदै सम्बन्ध विच्छेद गरे ।

यति बेला अर्की अभिनेत्री अरुणिमा लम्सालको पनि यही हालत भएको छ । आफूले बुझ्दै नबुझी हतारमा विवाह गर्नु नै ठुलो गल्ती भएको यी अभिनेत्रीले बताएकी छिन् ।

२०७४ सालमै पहिलो दाम्पत्य सम्बन्ध विच्छेद भएपछि आमा, बुबा र एक छोरीसँग अमेरिका बस्दै आएकी अरुणिमाले गत ३ भदौमा सुनसरी, धरानका युवराज श्रेष्ठसँग दोस्रो विवाह गरेकी थिइन् । विवाह गरे लगत्तै सुहाग रात समेत नमनाई आफू अमेरिका फर्किएको उनले यति बेला खुलासा गरेकी छिन् ।

दुई साता अघि आमा राधा लम्सालसँग नेपाल आएकी अभिनेत्री अरुणिमा लम्सालले यसै साता आफ्नो दोस्रो पति युवराज श्रेष्ठ विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेकी छिन् । उनले कुन अदालतमा मुद्दा दायर गरेको भन्ने कुरा खुलाउन चाहिनन् । यि अभिनेत्रीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको समाचार छ । सो सम्बन्ध विच्छेद मुद्दाको वारेसनामा अधिवक्तालाई नै दिएर अभिनेत्री अरुणिमा मंगलबार बेलुका अमेरिका उडेकी छिन् । अरुणिमा अमेरिकी नागरिक भएकाले उनले वारेसनामा मार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

दुई वटा टेलिभिजन च्यानलमा दिएको अन्तरवार्तामा अभिनेत्री अरुणिमाले धरानका युवराज श्रेष्ठको ’boutमा बुझ्दै नबुझी तेस्रो व्यक्तिको विश्वासमा परेर आफूले विवाह गरेको बताएकी छिन् । युवराजले आफूसँग अमेरिका जानकै लागि मात्र विवाह गरेको कुरा प्रस्ट भएपछि सम्बन्ध विच्छेद गर्नु परेको पनि अरुणिमाले बताएकी छिन् । आफूसँग विवाह गर्नको लागि युवराजले धेरै कुरा झुटो बेलेको आरोप पनि अरुणिमाले लगाएकी छिन् । यो विषयमा युवराजको कुनै प्रतिक्रिया आएको छैन ।

अभिनेत्री अरुणिमा लम्सालले एक व्यक्ति मार्फत मोटो रकम पाउने सर्तमा अमेरिका लैजान युवराजसँग कागजी विवाह गरेको र त्यो रकम प्राप्त नभएपछि सम्बन्ध विच्छेद गरेको आरोप पनि छ । तर यो कुरा यी अभिनेत्रीले अस्वीकार गरेकी छिन् । आफूले पतिकै रूपमा स्विकारेर युवराजसँग विवाह गरेको तर विवाहपछि धोका भएको बताएकी छिन् । आफूलाई के विषयमा धोका भयो भन्ने कुरा उनले प्रस्ट्याएकी छैनन् । युवराजको ’boutमा राम्ररी नबुझी अर्काको भरमा पर्नु नै गल्ती भएको उनको कथन छ ।

अभिनेत्री अरुणिमा लम्साल यति दुई साता अघि नेपाल आउनुको अर्को कारण आफूले अभिनय गरेको वेभ सिरिज ‘घर, बट इन अमेरिका’को ट्रेलर रिलिज र प्रचार प्रसारमा सहभागी हुनु पनि थियो । यो सिरिजको बुधवार बेलुका काठमाडौँमा एक समारोहबिच ट्रेलर रिलिज गरियो । तर अभिनेत्री अरुणिमा सो कार्यक्रममा सहभागी भइनन् ।

यसका निर्देशक विमलेश अधिकारीले अरुणिमा लम्साल ट्रेलर रिलिज कार्यक्रममा नआउनुको कारण’bout आफूलाई पुरा जानकारी नभएको बताए । सो ’bout अधिकारीले भने,‘अकस्मात् घरायसी काम प¥यो भनेर अरुणिमाजी हिजो मंगलबार बेलुका नै अमेरिका फर्किसक्नु भएका कारण यो कार्यक्रममा उहाँको उपस्थित नभएको हो । आफ्नो निजी काम परेका कारण फर्किनु परेको उहाँले हाीलाई बताउनु भयो ।’

अरुणिमाले आफु घर फर्कनु पर्ने भयो भनेर कार्यक्रमलाई दुई दिन अघि नै आयोजना गर्न पनि विमलेश अधिकारीसँग अनुरोध गरेकी थिईन् । तर आफुहरुले अभिनेत्री अरुणिमाको चाहना अनुसार कार्यक्रम दुई दिन अघि नै गर्न नभ्याएको पनि निर्देशक अधिकारीले प्रस्ट्याए ।

यही सिरिजको प्रचार प्रसार र ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपाल आएर पनि सहभागी नभई अरुणिमा अमेरिका फर्कँदा निर्देशक अधिकारीले त्यसलाई नकारात्मक रुपमा नलिइ अनुरोध पनि गरे । अरुणिमा अकस्मात् फर्कनुको कारण पनि आफूलाई जानकारी नभएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु