मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै भोजन र मनोरञ्जन हो । यहाँ सबैभन्दा पहिले भोजन’bout प्रस्तुत गर्ने जमर्काे गरिन्छ भने त्यसपछि मनोरञ्जन’bout छोटो विवेचना गरि“दै छ । स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्व हुन्छ । त्यसका लागि शाकाहारी खानाको भूमिका जरुरी रहन्छ । जस्तैः उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ्य खानाका रूपमा लिन सकिन्छ ।
त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनको कोटीमा राख्न सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांसपेशी बलियो बनाउन, शरीरका मुख्य अंग (मिर्गौला, मुटु, फोक्सो, मष्तिस्क)लाई निरोगी राख्न एवं विभिन्न समस्या निराकरण गर्न यी शाकाहारी खाना आवश्यक पर्छ ।
स्वास्थ्य समस्या निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरी ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ ।
तरकारीका रूपमा प्रयोग गरिने आलुबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीर वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउने विभिन्न अध्ययनले देखाउ“छन् ।
यसैगरी, कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ । यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खाना कमी भएमा दुब्लाउँछ । यस कारणबाट मांसपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई शरीर काम्छ । शरीर विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेंडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राज्मा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेंडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।
अतः शरीरको विकास र दीर्घजीवनका लागि माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगत स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजोकोषहरूलाई करीब दुई सातासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांसपेसीका कोषहरू ६–७ महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु¥याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्छ ।
प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएका तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्व दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुरासित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुरा मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तैः दालभात, साग, गेंडागुडी, दूध, मोही, घिउ फरक–फरक खायौं भने खानामा भएका पौष्टिक तत्व सही उपयोग हुँदैन ।
शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिग्र्रिंङ परेको हुन्छ । कहिलेकाही“ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ ।
अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने ती आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रमा आउँछ ।
मानिसभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुवैलाई नृत्यले प्रतिनिधित्व गर्छ । मानव सभ्यताको धेरै पुरानो चलनमा मनोरञ्जनको माध्यम नृत्य प्रमुख थियो । नृत्य एउटा अभिव्यक्ति पनि हो । भगवान्, राक्षस, बालकदेखि ज्येष्ठ नागरिकसम्म र पशुपन्छीले पनि आफ्नो अवस्था नृत्यमार्फत प्रस्तुत गर्छन्
हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रङको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवारोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गा“जर, बकुला र उमारेको गेंडागुडीमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् । साथै, सामान्यतयाः भिटामिन ‘ए’ शरीरका निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाडहरू बनाइराख्नका लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ ।
भिटामिन ‘बी’ले नसासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नी, मुख र गिजालाई फाइदा पु¥याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दछ गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ ।
हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् । अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’को कमी हुन्छ । भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा बढी पाइन्छ ।
त्यस्तै, आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ । त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ ।
भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही सातासम्म भिटामिन ‘ए’ भएका फलफूल, जस्तै ः गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गा“जर आदि ख्वाउनुपर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही सातामै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्छ र जीवनभर हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । त्यसको अभावले रगत कमी हुने रोग लाग्छ । अतः यस्ता खानेकुरा खानु आवश्यक छ ।
खानापछि सुस्वास्थ्यका लागि मनोरञ्जनको अति आवश्यक हुन्छ । नेपाली समाजमा विवाह, भोजभतेर, जन्मदिन, पूजा, धर्मकर्म, संस्कार आदिमा मनोरञ्जन गरिन्छ । यसका लागि नाचगान बाजागाजाको तालमा गरिन्छ । यसो गर्दा विभिन्न किसिमको नृत्य गरिन्छ । संगीतका ताल र लयअनुरूप कलापूर्ण तरिकाले नृत्य तथा नाचगान गरिन्छ । नाचगानको आफ्नै विशेषता हुन्छ । खुसीको अभिव्यक्ति गर्न मानिसमात्र नभई मयुर, ढुकुर, परेवा, अन्य पन्छी तथा जनावरसमेत नाच्ने गर्छन् । यो एउटा कला हो । नृत्य आफैंमा दर्शन हो । खुसी तथा हर्षको दर्पण हो ।
नृत्यले मानिसलाई तनावमुक्त परी सुस्वास्थका लागि सहयोग गर्छ । मानव सभ्यतादेखि नै नृत्य मानव तथा पशुपन्छीका लागि मनोरञ्जनको माध्यम बनेको छ । कुनै कुनै बेला प्रकृति आफैं हरेक स्वरूपमा संगीत, ताल र लयमा लहलहाइरहेको भान हुन्छ । यहाँ झरेका पानीका थोपा अनि बहेका हावासमेत नृत्य गरिरहेका हुन्छन्जस्तो लाग्छ । रूखबाट झरेका पात, बिछोडका पीडा होस् या स्वतन्त्रको उत्सव, पात पनि नृत्य गर्दै झर्छजस्तो लाग्छ ।
मानिसभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुवैलाई नृत्यले प्रतिनिधित्व गर्छ । मानवसभ्यताको धेरै पुराना चलनमा मनोरञ्जनको साधन नृत्य प्रमुख वाहक थियो । नृत्य अभिव्यक्ति पनि हो । भगवान्, राक्षस, बालकदेखि ज्येष्ठ नागरिक र पशुपन्छीसम्म आफ्नो अवस्था नृत्यमार्फत् प्रस्तुत गर्छन् । माथि भनेजस्तै परेवा, ढुकुर जोडी, मयुर नाचलगायत रमाइला प्रस्तुतिसँगै मानिस समुदाय, धर्म, भाषाअनुरूप नृत्य प्रस्तुत गर्छन् । उदाहरणका रूपमा नेवाः समुदायले प्रस्तुत गर्ने सपारु (गाईजात्रा), विभिन्न नाच, जस्तै : रोपाइँ, लाखे, टाकटुक आदि ।
त्यस्तै, ब्राह्मण समुदायले पुजा आदिमा श्लोक, भजन, टुक्का, बालन, अन्य जातजातिले पनि आ–आफ्ना रीतिरिवाजअनुसार नृत्य प्रस्तुत गर्छन् । रोदीघरदेखि देउसेसम्म, साकेलादेखि सामाचखेवासम्म नृत्यको आफ्नै विशेषता छ । नृत्य अथवा नाच मानव सभ्यताको पुरानो चलन हो । नृत्यलाई एक प्रकारको प्रस्तुतिभन्दा फरक नपर्ला !
२९ अप्रिल १९८२ बाट मनाउन सुरु गरिएको ‘विश्व नृत्य दिवस’को सन्दर्भमा सबैले खुसीले नृत्य प्रदर्शन गरी गुणस्तर जीवन जिउन आवश्यक छ । तवमात्र २९ अप्रिलमा मनाइने ‘अन्तराष्ट्रिय नृत्य दिवस’को पनि सार्थकता रहन सक्छ ।
(लेखक गुणस्तरीय जीवन विषयका विद्यावारिधि हुन् ।)






