साउदीमा अलपत्र १० नेपालीलाई रोजगारदाताले सडकमा निकालेपछि…

सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा परी साउदी अरब पुगेका १० नेपाली युवालाई रोजगारदाता कम्पनीले सडकको बास बनाइदिएको छ । काठमाडौंको सिनामंगलस्थित शम्भु मार्गमा रहेको रोजबर्ड ह्युमन रिसोर्स प्रालिमार्फत करिब डेढ महिनाअघि मात्र साउदी अरब पुगेका १० नेपाली युवाले आफूहरू अलपत्र परेको भिडियो सन्देशमार्फत जनाएका छन् ।

पीडितले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेर म्यानपावरको विरुद्धमा बोलेपछि म्यानपावरले रोजगारदाता कम्पनीलाई सम्पर्क गरेको थियो । त्यसपछि आफूहरूलाई सरसामानसहित सडकमा निकाली अलपत्र पारिदिएको पीडितको भनाइ छ ।

अहिले कसैको सपोर्ट र सहाराबिना भोकभोकै सडकमा रात बिताउन बाध्य भएको उनीहरूको भनाइ छ । ‘हामीहरू तीन–चार दिनदेखि भोकभोकै छौं, अहिले सडकमा बसिरहेका छौं,’ पीडितले भनेका छन्, ‘अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन्, हामीलाई जसरी भए पनि उद्धार गर्नुहोस् ।’

रियादस्थित नेपाली दूतावासका काउन्सिलर कविराज उप्रेतीका अनुसार उनीहरूको समस्या वैदेशिक रोजगार विभागमा पठाइसकिएको छ ।

उनीहरू अलपत्र परेको ’bout बुझ्न रोजबर्ड ह्युमन रिसोर्स प्रालिका सञ्चालकलाई राजधानीले सम्पर्क गर्दा उनीहरूले आफूहरूले काम नगर्ने भन्दै घर फर्कनका लागि पनि नाटक गरिरहेको जनाए । ती सञ्चालकले उनीहरूलाई रोजगारदाताले खाने बस्ने राम्रो व्यवस्था गरेको भए पनि काममा नगई कोठामै बसेको बताए । उनीहरूलाई सडकमा निकालेको कुरामा भने सत्यता नभएको काउन्सिलर उप्रेतीको भनाइ थियो ।

‘उनीहरूले सडकमा सुतेको नाटक गरेर भिडियो बनाएका ह्न्,’ ती सञ्चालकले भने, ‘यदि तपार्इंलाई चाहिन्छ भने हामी कम्पनीले खाने बस्ने व्यवस्था कस्तो छ भनेर सोधेको भिडियो पठाइदिन्छौं, हामीले वैदेशिक रोजगार विभागमा पनि यस विषयमा छलफल गरेका छौं, समस्या समाधान भइसकेको छ, अब उनीहरू छिट्टै काममा लाग्छन्, हामी काम दिलाउँछौं ।’

कम्पनीले उनीहरूलाई तीन–चारपटक काममा लग्दा ‘हामी जाँदैनौं, घर फर्कन्छौं’ भनेर बसेको म्यानपावर सञ्चालकले बताए । यस विषयमा उनीहरूका अभिभावकसँग पनि आफूहरू छलफलमै रहेको र समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी मध्यावधि निर्वाचन : सर्वेक्षणमा डेमोक्रेटलाई अग्रता, ट्रम्पलाई धक्का लाग्ने सम्भावना