विजयनगरमा एकैपटक ६ भैँसीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ। स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीहरू घाँस खाइरहेका बेला एकपछि अर्को गर्दै ढलेका थिए।

घटनापछि बाँकी भैँसी तुरुन्तै उक्त स्थानबाट हटाइएको थियो। तीमध्ये केही अझै बिरामी अवस्थामै रहेको बताइएको छ। भैँसीको मृत्युको कारण यकिन भइनसकेको र घटना रहस्यमय देखिएको स्थानीय समाजसेवी लोकेश थापाले बताए।

इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको छ। प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार, वास्तविक कारण पत्ता लगाउन भैँसीको नमुना परीक्षणको लागि पठाइएको छ र रिपोर्टपछि मात्र यथार्थ खुल्ने छ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु