यु–१६ राष्ट्रिय क्रिकेटः बाग्मति र मधेशबीच उपाधि भिड्न्त आज

सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधिका लागि बाग्मति र मधेश प्रदेशबीच फाइनल प्रतिष्पर्धा हुने भएको छ ।

कालुङचोक मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने खेलमा प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा एकल कब्जा जमाउँदै आएको बाग्मतिले दोश्रो स्थानका मधेशलाई प्रतिद्धन्द्धीका रुपमा पाएको हो । उपाधिको बलियो दाबेदार मानिएको बाग्मतिले प्रतियोगिता अवधिभर खेलका कुल ६ मध्ये ५ खेलमा र एक मात्र हार व्यहोरेर १० अंकसहित अंक तालिकामा एकल प्रभाव कायम राख्न सफल भएको हो । मधेश पनि ४ जीत २ हारसहित ८ अंकसहित अंक तालिकाको दोश्रो स्थानमा रहँदै बाग्मतिसामु उपाधिको चुनौती बनेको हो ।

यसैबीच, प्रतियोगिताको पहिलो राउण्ड रोविन चरणमा प्रतिष्ठाका लागि खेलिएको औपचारिक खेलमा सुदूरपश्चिमले मधेलाई २९ रनले हरायो । टस जितेर पहिला ब्याटिंग थालेको पश्चिमेली टोलीले रविन भण्डारीको सर्वाधिक २६ रनको मद्दतमा १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ४ रनको स्कोर बनायो । ओपनरका रुपमा आएका विक्रम बोहोरा डक आउट भएपछि आयूष चन्दले १३ रन जोड्दै अघि बढाएको सुदूरको पारीमा अविरल विक ६, हिमाल दौल्याल ५ र रवि दमाईले ७ रन थपे ।

टिमका लागि अनुशासित बलिंग गरेका लुम्विनीका बलरहरुमध्ये प्रिन्स पलले ओभरमा १३ डट खेल्दै १९ रन दिएर ४ विकेट हात पार्दा लक्ष्मण कुमाल र प्रेमसागर यादवले समान दुई दुई विकेट झारे । यस्तै दक्ष ठाकुर शोएब मल्लिक मुसलमानको नाममा एक एक विकेट लेखिंदा लुम्बिनीले ९ रनको भेटी चढायो ।

१ सय ५ रनको लक्ष्य पछ्याउन क्रिजमा उत्रिएको लुम्बिनीको शुरुवात अपेक्षित सहज रहेन जम्मा ५ बल खेल्दै ओपनर समिर अली मुसलमान २ रनको स्कोरमा रितेश विष्टको बलमा बोल्ड हुँदा रौनक श्रीवास्तव शून्यमा आउट हुनपुगे ।

सुर्खेती मैदानमा पहिलो पटक भएको क्रिकेटको राष्ट्रिय प्रतियोगितामा दोहोरो शतकको रेकर्डसहित शुरुवात गरेका लुम्बिनीका रौनक प्रतियोगिताको अन्तिम खेलमा भने शून्यमा आउट हुँदै बिदा भए । ब्याटिंगका लागि तेश्रो क्रममा क्रिजमा उत्रिएर जम्मा २ बल खेल्ने मौका पाएका रौनक सुशिल रावलको बलमा रवि दमाईलाई क्याच थमाउँदै डगआउट फर्किंदा १३ बलमा १ रन जोडेका केशव विष्ट पनि संगै फर्किए । १ सय ५ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको लुम्बिनी जम्मा ७५ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि ओपनर रविन भण्डारीले २६ तथा सचित भट्टले १६ आयूष चन्दले १२ र शुशील रावलले १० रन जोडे भने अरुले दोहोरो अंक जोड्न सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग