काँकरभिट्टा नाका हुँदै हङ्कङमा मानव तस्करी

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा देखाउँदै नेपालको पूर्वी नाका काँकरभिट्टाबाट मानव तस्करी हुने गरेको पाइएको छ । संखुवासभालगायत विभिन्न जिल्लाका युवतीहरूलाई रोजगारीको प्रलोभन देखाएर काँकरभिट्टा नाका हुँदै भारत हुँदै हङ्कङमा मानव तस्करी हुने गरेको तथ्य बाहिरिएको हो ।

सात महिलाको उद्धार, दुई जना पक्राउ

भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले नेपालबाट भारतमा तस्करीका लागि ल्याइँदै गरेका सात नेपाली युवतीलाई तस्करको पञ्जाबाट उद्धार गरेको छ ।

४१औं बटालियन सशस्त्र सीमा बल रानीडाँगाको विशेष गस्ती टोलीले नेपाल–भारत सीमामा अवस्थित पानीट्यांकीबाट युवतीहरूको उद्धार गरेको छ भने मानव तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

भारतीय प्रहरीले सीमा स्तम्भ नम्बर ९० अन्तर्गतको करिब १ सय ५० मिटर भित्रबाट ती युवतीलाई लैजाने दुई जनालाई पक्राउ गरेको जनाएको छ । उद्धार गरिएका युवतीहरू नेपालको संखुवासभाका भएको खुलेको छ । उनीहरूको उमेर १६ देखि २१ वर्षबीचको छ ।

तस्करीमा संलग्न ६१ वर्षीय जापान गुरुङ र ४१ वर्षीय दीपेश गुरुङलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरू नेपाल र भारतमा मानव तस्करीमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरी अधिक्षक प्रवीण प्रकाशका अनुसार पक्राउ परेका तस्करहरूलाई स्थानीय प्रहरीसमक्ष बुझाइएको छ । उनीहरूलाई सिलिगुडी उपडिभिजनल अदालतमा पेस गरिनेछ । तस्करी नेटवर्कको हद निर्धारण गर्न र संलग्न अन्य व्यक्तिहरू पहिचान गर्न अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले बताएअनुसार तस्करहरूले नेपालबाट नाबालिग र युवतीहरूलाई भारत पठाउँदै आएका थिए । उनीहरूलाई कामका लागि विदेश पठाइने आश्वासन दिइएको थियो ।

उनीहरूले आवतजावतलाई सहज बनाउन आधार कार्ड, प्यान कार्ड र राहदानीजस्ता कागजातहरू नक्कली बनाएको भारतीय प्रहरीको दाबी छ ।

दादा उपनामले चिनिने जापान गुरुङले हङकङमा रोजगारीको आश्वासन दिएर पीडित परिवारलाई सम्पर्क गरेको बताइएको छ । उनले प्रत्येक परिवारबाट १ लाख रुपैयाँ अग्रीम लिएको आरोप छ ।

अनुसन्धान अधिकारीहरूले गुरुङको मोबाइल फोनबाट तस्बिर, भिडियो र नक्कली कागजातहरू बरामद गरेको छ । अनुसन्धानकर्ताहरूले यस्तै रणनीति प्रयोग गरेर लामो समयदेखि नेपाली महिलालाई बेचबिखन गरिएको हुनसक्ने बताए ।

सुरक्षाकर्मीहरूले थप घटनाहरू रोक्नका लागि संवेदनशील क्षेत्रहरूमा विशेष गरी पानीट्यांकी ’round, निगरानी र सीमा गस्तीलाई तीव्र बनाएका छन् ।

रेलवे सुरक्षा बल (आरपीएफ) र रेलवे प्रहरीले नयाँ जलपाइगुडी स्टेसनमा क्यापिटल एक्सप्रेसमा छापा मार्ने क्रममा उत्तर बंगालको तराई दुबर्स क्षेत्रबाट ५६ महिलालाई उद्धार गरेको थियो । एक साताअघि पनि सेभोके रोडमा रहेको सिलिगुडी बस टर्मिनलमा छापा मार्ने क्रममा प्रहरीले ३४ महिलालाई उद्धार गरेको थियो ।

पूर्वी नाकाबाट नेपाली चेलीलाई भारत पु¥याउने गरेको गिरोह सक्रिय भएसँगै भारतीय सीमा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु