उत्तराखण्ड बाढीमा ७ नेपालीको मृत्यु,कम्तीमा १७ नेपाली बेपत्ता

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ । जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन भएका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको गाउँपालिका कार्यालयले जनाएको छ । सोही वडाका अनुमानित २० जना पहिरो गएको स्थानमा काम गर्दै आएको बताइएको छ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् । बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने भन्दै उनले हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ । पहिरोमा परी बर्दिया मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएका हुन् ।

गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन । उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् ।

त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् । भारत सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी र उद्धार जारी राखेको छ । अहिलेसम्म २ सय ७४ जनाको उद्धार गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३