अवैध मदिरा बनाउने कारखानामाथि ‘एक्सन’ मा कुवेत सरकार, २५८ जना पक्राउ

काठमाडौँ । कुवेतको गृह मन्त्रालयले व्यापक सुरक्षाकर्मी परिचालन गरेर देशै भरी अवैध मदिरा बनाउने कारखाना माथि छापा मारेको छ। छापा मार्ने क्रममा नेपालीसहित सयौंलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा अवैध बसोबासका मुद्दाहरूमा संलग्न र हालैका मृत्युहरूसँग सम्बन्धित खतरनाक अवैध मदिरा बनाउने कारखानाहरु रहेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवासीय र श्रम कानून उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको जनाएको छ।

उनीहरुको भिसाको म्याद सकिएको आवासीय अनुमतिपत्र, भिसा ओभरस्टे, फरार मुद्दाहरू र अन्य कानुन उल्लङ्घन गर्नेहरुको रहेको मन्त्रालयले जनाएको छ। कुवेतका उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफ अल-सबाहको निर्देशनमा र नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल-रौमीको निरीक्षणमा सञ्चालन गरिएको गरिएको हो।

अधिकारीहरूले कामदार र रोजगारदाता दुवै कानून अन्तर्गत जवाफदेही हुनुपर्ने बताएका छन्।
मन्त्रालयले उल्लङ्घन गर्नेहरूको निगरानी जारी राख्ने, अवैध श्रम अभ्यासहरूको सामना गर्ने र सबै बासिन्दा र रोजगारदाताहरूले कानुनी आवश्यकताहरूको पालना गर्ने, देशभर सुरक्षा र व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता गरेको छ।

सुरक्षाकर्मीहरुले मिथानोलको उत्पादन र वितरण गर्ने माथि कडा कारबाही गरिने बताउदै अवैध विषाक्त मदिराका सेवनका कारण १६ नेपालीसहित २३ जनाको मृत्यु भएको र १६० जना घाइते भएका थिए। जसमध्ये धेरैजसो नेपालीसहित एसियाली नागरिक रहेका छन्।

मन्त्रालयल अनुसन्धानका क्रममा नेटवर्कका प्रमुख, एक बंगलादेशी र ३ नेपाली सहयोगीसहित ६७ जनालाई पक्राउ गरेको जनाएको छ । पूर्ण रूपमा सञ्चालनमा रहेका ६ वटा कारखाना बन्द गरिएको छ भने आवासीय र औद्योगिक क्षेत्रहरूमा निर्माणाधीन चार थप साइटहरू कब्जा गरिएको छ। एक नेपालीले मिथानोल-आधारित पेय पदार्थ तयार गर्ने र बेच्ने गरेको स्वीकार गरेको बताईएको छ।

उपचाररत सबैलाई डिपोर्ट गरिने
कुवेतले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि ३५ नेपालीसहित ७१ जनालाई देश निकाला गर्ने भएको छ । कुवेती सञ्चारमाध्यमहरूका अनुसार ती मध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने बताईएको छ।

मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरी डिपोर्ट गरिनेछ। उनीहरुलाई देश निकाला गरिएपछि पुन: कुवेत प्रवेश गर्न पाउने छैनन्। कुवेतमा मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्धित छ।

कुवेतस्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा त्यहाँ कार्यरत सबै नेपाली समुदायलाई विशेष अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल