भोजपुर ।भोजपुर नगरपालिका ६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एक पटक खेती विस्तार गरेपछि वषौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तला खेतीमा आकर्षित भएका हुन् ।
यो क्षेत्र अधिकांश किसानहरुले व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएको स्थानीय कृषक प्रदिप तामाङले बताए । हाल किसानहरुले पुराना बगानको संरक्षणसँगै नयाँ विरुवाहरु धमाधम विस्तार गरिरहेको उनको भनाइ छ ।
‘हाम्रो क्षेत्रका धेरै किसानहरुले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका छन्’उनले भने,‘सुन्तलालाई एक पटक विस्तार गरेपछि सामन्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।’
वडा कार्यालयले सुन्तला खेतीमा लाग्ने किसानलाई विरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भंगेरी तथा पालुवा सुख्खा क्षेत्र भएपनि वडाले सिंचाइको लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनले बताए । सिंचाईका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाएप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए ।
भोजपुर नगरपालिका ६ मा कृषि तथा फलफूल खेतीको लागि उपयुक्त भूगोल रहेकोले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारको लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
खेती प्रणालीको लागि मुख्य रुपमा सिंचाईको समस्या रहेकाले वडाले सिंचाई कुलो निर्माण,प्लाष्टिक पोखरी निर्माण तथा किसानको आवश्यकताको आधारमा पाएप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले जानकारी दिए ।
‘कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ’वडाध्यक्ष कार्कीले भने,‘यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचविखनको लागि सहजता छ । किसानहरुलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।’
सम्बन्धित समाचार
हतुवागढीमा ‘दिमालुङ स्मारकसँगै पार्क निर्माण
बजारीकरणका लागि खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै
विदेश छाडेर स्वदेशमा सीप सिकेर उद्यमी बनेका ‘हरि’
तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनालाई अब चाँदीको बिस्कुट
चापाकोटका भण्डारी अवकासपछि फूलखेतीमा रमाउदै
उत्तर दक्षिण कोशी राजमार्ग एकतर्फी सञ्चालनमा
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
संखुवासभामा मापसे गरी प्रहरी अभद्र ब्यवहार गर्ने ४ जना पक्राउ






