कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र चितवन राइनोजले पहिलो जित दर्ता गरेका छन् ।

एनपीएलमा आज एक मात्र खेल हुनेछ । अपराह्न ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । काठमान्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ भने सुदूरपश्चिमले भने दोस्रो सिजनको पहिलो खेल खेल्न लागेको हो ।

कीर्तिमानी २ सय २० रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दा अर्को खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित ग-यो ।

अर्को खेलमा चितवनले कर्णालीलाई हरायो

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा विराटनगरले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ दशमलव ५ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

पोखराका ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमै आउट भए पनि त्यसपछि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई राम्रो योगफलतर्फ डोहो¥याए । यी दुईले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । यसपछि ब्याटिङ गर्न आएका जेम्स निशम र त्रितराज दास दुवै शून्य रनमा आउट भएपछि पोखरा धर्मरायो । उनीहरू दुवैलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले डकआउट गरे । विराटनगरले ५ बलको अन्तरमा ३ विकेट लिएको थियो ।

पोखराका डान डाउथवेटले २० बलमा २९ रन बनाउँदा किरण ठगुन्नाले ८ रन तथा अभिषेक तिवारी ११ रनमा आउट भए । यस्तै, मार्ट टेलर र आकाश चन्द ४–४ रनमा आउट भए ।

विराटनगरका मास्र्याङ डी लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले २–२ विकेट लिए ।

त्यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले एनपीएलकै सर्वाधिक २ सय २० रन बनाउन सफल भएको छ । पोखरा एजेभन्जर्सविरुद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा विराटनगरले कीर्तिमानी २ सय २० रन बनाउन सफल भएको हो । विराटनगर एनपीएलमा २ सय रन कटाउने पहिलो टोली बन्यो ।

एनपीएल हिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १ सय ९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १ सय ९३ रन बनाएको थियो ।

विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले गरेको विस्फोटक ब्याटिङ पोखराका लागि भारी प¥यो । दुईबीच दोस्रो विकेटका लागि १ सय ३२ रनको साझेदारी भएको थियो । ओपनर लोकेशले ४८ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाउँदा गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए ।

अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट हुँदा बसिर अहमदले २३ रन जोडे । शुभम रन्जनेले १६ बलमा ३८ रन बनाउँदा उनले ३ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले ३ बलमा नटआउट ११ रन बनाए । पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलको नाममा १–१ विकेट रह्यो ।

यसैगरी, मंगलबारै सम्पन्न खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन जोडे ।

ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाए । चितवनका डेविड मलान ६ रन र देव खनाल २ रनमा आउट भए । यी दुवैलाई युनिस ठकुरीले आउट गरेका थिए । कप्तान कुशल मल्लले १५ बलमा २ छक्काको मद्दतमा २० रन बनाउँदा सइफ जइबले १६ बलमा ३८ रन बनाए ।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा मार्क वाट, युनिस ठकुरी र युवराज खत्रीले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । ओपनिङ ब्याटर प्रियांक पाञ्चालले ९० रनको योगदान गरे । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । उनीसँगै अर्का ओपनर म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । म्याक्सले ३० बलमा २० रन बनाए ।

त्यसपछि पाञ्चालले दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए । मार्क भने २१ बलमा १ चौका प्रहार गर्दै १६ रनमा सोहेल तन्विरको बलमा क्याच आउट भए । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २७ रन बनाए । बलिङमा चितवनका बोपारा, जइब र तन्विरले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार