डोका बिक्रीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ४० वर्षिय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । डोका बिक्रीबाट मासिक ३० देखी ३५ हजार रुपैँयासम्म आम्दानी हुने उनले बताए । स्थानीय बजारमा डोको राम्रो माग रहेको उनको भनाइ छ । आफुले बनुेको डोका भोजपुर सदरमुकाम तथा अन्य स्थानीय बजारमा लगेर विक्री गर्दै आएको उनले जानकारी दिए ।

डोका बुन्ने कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । ४१ वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखी दश ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ । ‘निकै लामो समयदेखी डोका बुन्ने काम गर्दै आएको छु’तामाङले भने‘एक दिनमा आठदेखी दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक ३० देखी ३५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

डोका स्थानीय बजारमा प्रतिगोटा तीन सय ५० देखी चार सय रुपैँयासम्ममा बिक्री हुने तामाङले बताउनुभयो । घरको अन्य काम नगरी यहि मात्र पेसा गर्ने हो भने बार्षिक सातदेखी आठ लाख रुपैँयासम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

‘डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ’उनले भने,‘यहि मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात÷आठ लाख आम्दानी गर्न कठिन छैन । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ ।’

आफूले बुनेको मालिङगो (लेकमा पाइने बाँस प्रजातिको बनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गो बाहेक, सिँगाने, निकालो, बाँस लगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनले जानकारी दिए । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए ।

सामुदायिक वनले कडीकडाई गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुल्ला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायतबाट डोका बुन्दै आएको तामाङले जानकारी दिए । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए ।

आफ्नो गाउँघरमा बुढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले जानकारी दिए । यस्ता खालका परम्परागत कामलाई व्यावसायिककरण गर्न सके अझ सहज हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई