चलचित्र ‘बिगुल’मा जेनजी पुस्ताको समस्या

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको कथा समेटिएको चलचित्र ‘बिगुल’ आगामी ९ माघमा रिलिज हुने भएको छ । यो चलचित्रको सोमबार फस्ट लुक्स सार्वजनिक सहित रिलिज मिति घोषणा गरिएको हो ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको यो चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मिरा पण्डित, मानश्री शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

‘अहिले मुलुकको राजनीतिक अवस्था जेनजी पुस्तामा समर्पित छ । मुख्य तथा जेनजी पुस्तालाई सबै क्षेत्रमा समेट्नु पर्छ भन्ने कथा हामीले यो चलचित्रमा प्रस्तुत गरेका छौँ,’ यसका निर्देशक रमेश कोइरालाले राजधानीसँग भने,‘अब पनि हामीले जेनजी पुस्ताका भावना बुझेनौँ भने हाम्रो पुस्तामा ठुलो अन्तर समस्या देखिने छ । जुन कुरा चलचित्र बिगुलमा देख्न पाइने छ ।’

प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिब ढकालको छायांकन रहेको यो चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रमा एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको पनि निर्देशक कोइरालाले जानकारी गराए । यो चलचित्रको सह निर्मातामा सूर्य कान्त कोइराला र महेश कोइराला छन् । चलचित्रमा दिनेश कोइरालाको कथा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने