वीरगन्ज कारागारका एक कैदीबन्दीको निधन

वीरगन्ज । पर्सास्थित वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका ४२ वर्षीय कैदीबन्दी अनिल महतोको निधन भएको छ । सवारी ज्यान मुद्दामा २०७९ चैत देखि ३ वर्षे कैद भुक्तान गरिरहेका उनको कारागारमा रहेकै अवस्थामा शुक्रबार निधन भएको हो ।

सुगरका पुराना बिरामी महतोलाई शुक्रबार सन्चो नभएपछि उपचारका लागि मध्यान्ह वीरगन्जको नारायणी अस्पतालमा पु¥याइएको थियो । अस्पतालको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका उनलाई अस्पताल पु¥याएको केही समयपछि चिकित्सकले मृत घोषित गरेकोे वीरगन्ज कारागारका प्रमुख (जेलर ) बाबुलाल रेग्मीले बताए । अनिल एकवर्ष अगाडी पनि सुगर प्रेसरका कारण १५ दिनजति हस्पिटल भर्ना भएर ठिक भएको वीरगन्ज कारागार प्रशासनले जनाएको छ । उनका आफन्तले पनि १२ दिनजति अस्पतालमा भर्ना गरी आइसियुमा समेत राखिएको स्वीकारेका छन् ।

उच्च सुगरका बिरामी रहेकोले नियमित औषधी खाने गरेका अनिल महतो धेरै पटक स्वास्थ्य परिक्षण गराई ठिक हुँदै आएका थिए । शुक्रबार बिहान पनि वीरगन्ज कारागारको आन्तरिक स्वास्थ्य संस्थामा चेकजाँच पछि थप उपचारको लागि मध्यान्ह १ बजेतिर नारायणी अस्पताल पु¥याइएको वीरगन्ज कारागारको सुरक्षार्थ खटिएका सशस्त्रका प्रहरी नायव उपरिक्षक जनक बस्नेतले बताए । उपचारकै क्रममा पछि चिकित्सकले मृत घोषित गरेको वीरगन्ज कारागारका प्रमुख (जेलर) रेग्मीले बताए । पर्साका प्रहरी नायव उपरिक्षक राजु कार्कीले पनि कैदीबन्दी अनिलको निधन भएको पुष्टि गरे ।

अनिलका बुबा ध्रुव प्रसाद महतो कोइरी र दाइ सुरेश प्रसाद कोइरी तथा रमेश प्रसाद कोइरीले कारागारको लापर्वाहीले समयमा अस्पताल नपु¥याउँदा उनको निधन भएको दावी गरे । कारागारमा नै उनको निधन भइसकेपछि अस्पताल पु¥याएको उनीहरुको आरोप छ ।

आगामी चैत २१ गतेसम्ममा कैद भुक्तान गरिसक्ने अनिललाई सन्चो नभएपछि हिडाएरै गाडीमा चढाई अस्पताल लगिएको कारागार सुरक्षार्थ खटेका सशस्त्र प्रहरी नायव उपरिक्षक बस्नेत तथा नेपाल प्रहरीका प्र.ना.नि.डम्बर श्रेष्ठले पनि जनाए । कारागारका नाइके फिरोज अंसारीले पनि अस्पताल पठाइएका अनिलको कारागारमा नभई अस्पतालमा नै निधन भएको जनाए ।

यता वीरगन्जमा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चितरञ्जन साहले नियमित चेकजाँच गराउँदै आएका महतो शुक्रबार पनि अस्पताल भर्ना भएको जनाए । ‘अस्पतालमा आइपुग्दा उनको बिपी ९०–६० थियो । तत्काल डा.दिपक चौरसिया नेतृत्वको टिमले उपचार सुरु गरे । तथापि उनलाई बचाउन सकिएन’ डा चौरसियाले भने । आफू पनि संयोगले त्यहाँ एक सिकिस्त अर्का बिरामी हेर्न इमर्जेन्सीमा पुग्दा महतो बोल्दै थिए । उनको स्वास्थ्य परिक्षण रिपोर्ट आइपुग्न नभ्याउँदै उनको विपी झन–भन लो हुँदै अन्ततः अवस्था चिकित्सकको काबु बाहिर गएको डा साहले बताए ।

मृतकको शुक्रबार नै पोष्टमार्टम पछि परिवारजनले शव बुझेर लगेको पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’