दिनेश डिसी, बेनिशा र दीप श्रीले रश्मिलाजमा खोले सुन्दरताको राज

काठमाडौं । अभिनेत्री एवम् चलचित्र निर्देशक दीपाश्री निरौलाले जाडोमा मुहार तथा छालाको आफूले बढीले स्याहार गर्दै आएको बताएकी छिन् । रश्मिलाज फेसियल हाउसले आफ्नो चौथो शाखाको बिहीबार काठमाडौँको हात्तिगौँडामा उद्घाटन समारोहमा पुगेकी उनले उमेर ढल्कन थालेपछि छालाको हेरचाह बढी नै गर्नु पर्ने बताइन् । सोही कारण आफूले गर्मीमा दुई महिनामा एक पटक फेसियल गरे पनि जाडोमा मासिक रूपमा रश्मिलाज फेसियल हाउसमै फेसियल गर्दै आएको बताइन् । आफूले स्वास्थ्यको लागि नियमित व्यायामसँगै सौना बाथ पनि लिने गरेको पनि दीप श्रीले जानकारी गराइन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू ५६ वर्ष पुग्दा पनि आफ्नो मुहारको त्वचा राम्रो हुनुको कारण नियमित फेसियल र स्किन केयर नै रहेको बताएका छन् ।स्वास्थ्यको लागि आफूले बिहान दौडनुका साथ आधा घण्टा कम्तीमा योगा समेत गर्दै आएको अध्यक्ष डिसीले बताए ।

बोर्डका अध्यक्ष डिसीसहित अभिनेत्री एवम् निर्देशक दिपाश्री र अर्की अभिनेत्री बेनिशा हमालले हात्तिगौँडा शाखाको उद्घाटन बिहीबार गरेका हुन् । अभिनेत्री बेनिशाले चलचित्रमा काम गर्ने कलाकारहरूले नियमित रूपमा मेकअप गर्नु पर्ने भएकाले मुहारको छालाको स्याहारमा बढी नै ध्यान दिनु पर्ने बताइन् । मुख्य कार्यालय काठमाडौँ मलमा आफूले केही सेवा लिने गरेको भए पनि चौथो शाखाको रूपमा रश्मिलाज फेसियल हाउसको आज उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । उनले पछिल्लो समय आफूले पनि फेसियल गर्न थालेको जानकारी गराइन् । भविष्यमा आफ्नो ब्युटी सैलुन खोल्ने योजना पनि उनले सञ्चारकर्मीलाई सुनाइन् ।

दुई दशक भन्दा लामो समय अमेरिका बसेकी समी रेग्मी अधिकारीले रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठसँग मिलेर यो शाखा सुरु गरेकी हुन् । क्रिसमसकै दिन १८ वर्ष अघि काठमाडौँ मलबाट सुरु गरेको रश्मिलाज फेसियल हाउसको आज वार्षिक उत्सवकै दिन चौथो शाखा हात्तिगौँडामा शुभारम्भ गर्न पाउँदा खुसी लागेको अध्यक्ष रश्मिला श्रेष्ठले कार्यक्रममा बताइन् । यसलाई मोफसल र विदेशमा पनि विस्तार गर्ने योजना उनले सुनाइन् । उद्घाटन कार्यक्रममा यस कम्पनीका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउसको स्थापना’bout जानकारी गराए । नेपालमा विभिन्न कस्मेटिक उत्पादन समेत सुरु गरेको यो सलुनले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य सेवासँगै प्रशिक्षण पनि दिने गरिएको उनले बताए ।

१८ औँ वार्षिक उत्सवको अवसरमा रश्मिलाज फेसियल हाउस काठमाडौँ मल, बिजी मल र बुद्ध मलका १४० भन्दा बढी कर्मचारीहरूलाई सो कार्यक्रममा पुरस्कृत गरियो । हात्तिगौँडाको शाखाबाट बिहीबारबाटै सेवा सुरु गरिएको पनि उद्घाटन कार्यक्रममा जानकारी गराइयो ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३