इन्दुको कप्तानीमा ‘महिला ट्वान्टी–२०’ विश्वकप छनोट खेल्दै नेपाल

काठमाडौं । नेपालले इन्दु बर्माको कप्तानीमा ‘महिला ट्वान्टी–२०’ विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । यो छनोट आगामी १४ जनवरीदेखि ३ फेब्रुअरीसम्म काठमाडौंमा हुँदै छ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताका खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर र मूलपानी तल्लो मैदानमा हुने छन् ।

इन्दुको कप्तानीमा राष्ट्रिय टोलीमा पुजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय छन् ।

यसअघिको टोलीबाट ईश्वरी विष्ट, सोनी पाख्रिन, लक्ष्मी साउद, रुबि पोदार, साना प्रविणले नेपालको अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । २० सदस्यीय टोलीलाई अन्तिममा १५ सदस्यीय बनाइएको हो । तालिकाअनुसार नेपालले १४ जनवरीमा आयरल्यान्डसँग तल्लो मूलपानी र १६ जनवरीमा अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्ने छ ।

समूह ‘बी’मा रहेको नेपालले त्यसपछि १८ जनवरीमा थाइल्यान्डसँग, २२ जनवरीमा नेदरल्यान्ड्ससँग, २४ जनवरीमा जिम्बावेसँग र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने तय भएको छ । त्यस्तै, समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका छन् । दुवै समूहका ‘शीर्ष ३’ टोली ‘सुपर सिक्स’मा पुग्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता