रौतहट । सोमबार रौतहटमा थप २६ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत जेठ ६ गते पठाएको १ सय २३ जनामध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँले सार्वजनिक गरेको तथ्याङक अनुसार रौतहटका २६ जनालाई कोरोना भाइरस संक्रमण भएको पु्ष्टि भएको छ ।
योसहित रौतहटमा कोरोना भाइरसको संक्रमितको संख्या २७ पुगेको छ । यस भन्दा अघि २१ जना संक्रमति भएका थिए । जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् । सोमबार रौतहटको राजपुर नगरपालिकाका बिभिन्न वाडका २५ जना र इशनाथ नगरपालिकाका १ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिए । संक्रमित सबै भारतको बिभिन्न शहरबाट काम गरेर आएका हुन् । उनीहरुलाई सुरक्षा निकायले सिमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको थियो ।
राजपुर नगरपालिकाको ९६ जना र इशनाथ नगरपालिकाको २७ जना गरी २ सय २३ जनाको स्वाब पठाएकोमा २६ जनाको पोजेटिभ आएको प्रजिअ घिमिरेले जानकारी दिए । यो स्वाब गत ६ गते पठाइएको थियो । आज देखिएका संक्रमितहरुलाई राजपुर नगरपालिकास्थित रहेको आइसुलेसनमै राख्ने योजना रहेको प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।
अझै ५ सय ६२ जनाको रिर्पोट आउन बाँकी रहेको उनले जानकारी दिए । हालसम्म १ हजार २ सय ८४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिएका छन् । आइतबारसम्मको तथ्याङक अनुसार रौतहटमा २ हजार ५ सय ४४ पुरुष र १ सय ७२ महिला गरी २ हजार ७ सय १६ जना जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेको फोकल पर्सन गुप्ताले बताए ।
सोमबार पनि ४ सय जनाको स्वाब संकलन गर्ने लक्ष्य अनुसार काम भइरहेको उनले जनाए । यसअघि देखिएका २१ जना संक्रमित मध्ये ३ जना बिरगंज स्थित नरायणी अस्पतालमा उपचार पछि घर फर्किएका छन् भने बाँकी १८ जनाको गौरस्थिति गौर नर्सिङ इन्स्युच्युट आइसुलेसनमा उपचार भइरहेको छ ।
७ सय १ जनाको स्वाब प्रयोगशालामा जाम
लामो समयदेखि रौतहटका क्वारेन्टिनमा रहेका ७ सय १ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा जाम भएको छ । परीक्षणको लागि पठाइएको ७ सय १ जनाका स्वाब प्रयोगशालामा जाममा परेको प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिए । जसको कारण क्वारेन्टाइनमा बस्नेहरु अत्तिएका छन् । रिपोर्ट चाडो आए संक्रमति नभएकाहरु चाँडै घर जान पाउने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।






