पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

रुकुम पश्चिम । यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै