दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला

राजविराज । दुईदिन अघि दिदी कहाँ जान्छु भन्दै हिडेका एक युवा मंगलबार मृत अवस्थामा फेला परेका छन् । राजविराज ७ निवासी १८ बर्षीय अंगद कुमार मेहतर मृत अवस्थामा फेला परेका हुन् । विहान ६ बजेतिर सोही वडा स्थित तुरन्ती पोखरी तैरीरहेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद साहको नेतृत्वमा पुगेको टोलीले गोताखोरको मद्दतले शव बाहिर निकालेपछि मृतकका आफन्तले सनाखत गरेका थिए ।

शव पोष्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल पठाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार मृतक मेहतर छाडेरोगबाट पीडित रहेको खुलेको छ । दिसा पिसा गर्न निस्केका बेला चिप्लिएर उनी पोखरीमा डुब्न पुगेको हुनसक्ने स्थानियको अनुमान छ । चारबर्ष अघि उनको आमाको पनि निधन भएको थियो । उनका बुवा शंकर अहिले एक अपराध घट्नामा संलग्न भएको आरोपमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका छन् ।

आईतबार विहान उनी भारतको भिमनगरमा रहेकी दिदीलाई भेट्न जान्छु भन्दै घरबाट निस्केको आफन्तजनले बताएका छन् । पोखरीमा एक जना युवाको शव तैरीरहेको खबर फैलिएपछि पोखरी आसपास सर्वसाधारणको ठुलो भिड जम्मा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता