प्रतिनिधिसभा निर्वाचनका लागि मतदान स्थल तयारी अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरूमा अन्तिम तयारी तीव्र पारिएको छ। निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार अधिकांश मतदान केन्द्रमा आवश्यक सामग्री, कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ।

काठमाडौं जिल्लाभरका विद्यालय, सामुदायिक भवन तथा सार्वजनिक स्थलमा मतदान केन्द्र स्थापना गरिएको छ। मतपेटिका, मतपत्र, स्वस्तिक छाप, मतदाता नामावली लगायतका सामग्री सम्बन्धित केन्द्रमा पु¥याइसकिएको छ भने मतदान अधिकृत र कर्मचारीलाई आवश्यक निर्देशन दिइएको छ।

मतगणनास्थलको तयारी पनि लगभग पूरा भएको जनाइएको छ। तोकिएका स्थानमा सिसिटिभी जडान, सुरक्षाको घेरा तथा तारबार व्यवस्थापन गरिएको छ ।

प्रशासनले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ। मतदातालाई तोकिएको समयभित्र आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा