विमानस्थल अनियमितता प्रकरण : चिनियाँ कम्पनीविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनलगायतलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनका अध्यक्ष वाङ बो तथा प्रोजेक्ट म्यानेजर याङ जियाङलाई प्रतिवादी बनाइ आयोगले ४६ करोड १५ लाख ८४ हजार ३४३ बिगो दाबी गरेको छ ।

यस्तै, परामर्शदाता कम्पनी ईआरएमसी जेभीका प्रतिनिधि यमबहादुर भण्डारी, उद्धवराज चौलागाईं, शोभेन्द्रराज जोशी र प्रमोद दवाडीलाई समेत प्रतिवादी बनाइ ६४ करोड १५ लाख बिगो मागिएको छ।

विमानस्थलको परामर्शदाता नियुक्तिमा अनियमितता गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै अख्तियारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेको हो ।

चिनियाँ एक्जिम बैंकको ऋणमा बनेको यो आयोजना निर्माण सम्पन्न भइ उद्‌घाटन भएको ३ वर्ष पूरा हुँदा पनि चल्न सकेको छैन । पोखरा विमानस्थल अनियमिततामा अख्तियारले यसअघि मंसिर २१ गते ५ जना पूर्वमन्त्री समेतलाई विपक्षी बनाइ ८ अर्ब भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित संसद्को लेखा समितिले विस्तृत छानबिनका लागि अख्तियारलाई लेखेर पठाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान