काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित केही छोटा दृश्य र तस्बिरबाहेक नेपाली चलचित्रमा अझै यसको पर्याप्त प्रयोग हुन सकिरहेको छैन । एआईबाट चलचित्रका लागि दृश्य सिर्जना गर्ने प्रविधि ज्ञान अभावका कारण नेपालमा यसको उच्च प्रयोग हुन नसकेको हो ।
यही समस्या मध्यनजर गर्दै १ सय ५१ चलचित्रकर्मी एआईबाट चलचित्रका दृश्य, आलेख, तस्बिर सिर्जना प्रशिक्षणमा जुटेका छन् । चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीलाई कृत्रिम श्रव्यदृश्य सिर्जना कला सिकाउन सोमबारबाट यस्तो प्रशिक्षण सुरु गरेको हो ।
नेपाल एआई फिल्म अलायन्सको सहकार्यमा सुरु दुई दिने एआई चलचित्र निर्माण तालिममा १ सय ५१ चलचित्रकर्मीले सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण लिइरहेका छन् ।
‘एआईबाट स्क्रिप्ट लेखनदेखि दृश्य निर्माणसम्म’ शीर्षकमा सञ्चालन भइरहेको तालिममा सहभागीले पहिलो दिन सोमबार कथा लेखन, स्टोरी बोर्ड निर्माणसम्बन्धी प्रशिक्षण लिए । करिब ६ घण्टा सञ्चालन भएको पहिलो दिनको प्रशिक्षणमा ‘एआईबाट भिडियो उत्पादन कसरी गर्ने ?’ भन्ने सैद्धान्तिक पाटा सिकाइएको छ । करुण थापा, मौसम पुरीलगायत प्रशिक्षकले तालिम दिइरहेका हुन् ।

नेपालबाट एआई प्रविधिमार्फत हलिउड चलचित्रका लागि दृश्य निर्माण कार्य गर्दै आएका करुण, मौसम र उनको टिमले सोमबार सिकाएको स्क्रिप्ट, स्टोरी बोर्ड र दृश्य निर्माण कला आफ्ना लागि निकै उपयोगी साबित हुने चलचित्रकर्मीको विश्वास छ । तालिमले आफूहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त गराउन सहयोग पु¥याएको उनीहरूको कथन प्रतिक्रिया छ ।
चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले नेपालमा अहिलेसम्म पूर्णरूपमा एआई प्रयोग गरेर व्यावसायिकस्तरको चलचित्र निर्माण हुन सकेका कारण प्रशिक्षण आयोजना गरेको बताए । प्रविधि सीमित पहुँच, उच्च लागत, दक्ष जनशक्ति अभाव र आवश्यक पूर्वाधार कमीले एआईबाट नेपालमा चलचित्र निर्माण नसकेको उनको कथन छ ।
त्यसो त, एआईमार्फत सिर्जना गरिने सामग्रीको गुणस्तर, मौलिकता र कानुनी पक्षसम्बन्धी अन्योलले पनि निर्माण कार्य चुनौतीपूर्ण बनाएको छ । यस’bout मंगलबार (आज)को प्रशिक्षणमा चलचित्रकर्मीलाई जानकारी गराइने प्रशिक्षक करुण थापा बताउ“छन् । उनका अनुसार नेपालमा एआई प्रयोग प्रारम्भिक चरणमै छ ।
केही विज्ञापन, छोटा भिडियो तथा प्रयोगात्मक परियोजनामा एआई प्रयोग भइरहे पनि पूर्ण लम्बाइको चलचित्र निर्माण नभएको थापा बताउ“छन् । एआईबाट ‘पूर्णलम्बाइको चलचित्र कसरी निर्माण गर्ने ?’ भन्ने प्रयोगात्मक प्रशिक्षण मंगलबार (आज) दिइने पनि उनले जानकारी दिए ।






