सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

दाङ । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–८ थारादेखि कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार बेलुकी बन्गाड कुपिण्डे–१२ धाईरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुन रहेका छन् । यस्तै सुर्खेतको मेहलकुना अस्पतालमा उपचारको क्रममा अर्का १ जना बर्ष ३० का मन बहादुर थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी देवबहादुर केसीले जानकारी दिए ।

घाइते हुनेहरुमा जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा. ८ बस्ने बर्ष ६४ को अम्मर सिहं कँवर, बर्ष २७ को डम्मर घर्ती, बर्ष ३० को जनक थापा, बर्ष ४९ को भुपेन्द्र कँवर, बर्ष ३० को भुल बहादुर थापा, बर्ष ५६ को जुग सिहं पुन, वर्ष ३८ को कर्ण बहादुर थापा, बर्ष ३८ को अम्मर पुन, बर्ष २८ को नरसिङ थापा, बर्ष २५ को प्रेम बहादुर घर्ती, बर्ष २५ को नरबहादुर थापा, बर्ष ४५ को लाल बहादुर घर्ती, बर्ष १५ को तिलक थापा, बर्ष ३८ को कुल बहादुर राना रहेका छन् ।

डिएसपी केसीका अनुसार घाइते १४ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ३ जना उपचार पछि घर फर्किका छन् । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा १८ जना सवार थिए । जिप सडकदेखि झन्डै सय मिटर तल खसेको थियो ।

सडकको दुरावस्थाका कारण जिप दुर्घटना भएको वडाध्यक्ष कुलबहादुर पुरीले बताए । जिप अप्ठेरो ठाउँमा दुर्घटना भएकाले उद्धार गर्न समय लागेको थियो । दुर्घटनाको ’boutमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु