ग्याङ फाईटमा ‘पारी बुटोल’

Screenshot

काठमाडौं । निर्देशक गणेश देव पाण्डेले नयाँ चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक गरेका छन् । यो चलचित्र ग्याङ स्टार जनरामा निर्माण भएको यसको टिजरले जनाएको छ । यस अघि पनि ग्याङ स्टार जनरामा लचचित्र ‘गाँजा बाजा’ बनाएका गणेश देवको यो चलचित्र पनि सोही जनरामा आधारित छ । उनको यो पाचौँ निर्देशनको चलचित्र हो ।

बुटोल भन्ने ठाउँका दुई ग्याङबीचको झडपलाई टिजरमा केन्द्रीय कथा बनाइएको छ । त्यो लडफाले निम्त्याएको समस्याहरुमा कथा प्रस्तुत छ । जसमा ग्याङ फाइटलाई महत्व दिइएको छ । अनुप बराज, दीया मास्के र सुशील सिटौलाको गेटअप तथा अभिनयले यो चलचित्रमा उनीहरु ग्याङ स्टार भएको जनाउँछ ।

यो चलचित्रमा अनुप, दीया र सुशील सिटौला सहित अविरल प्रताप अधिकारी, कामेश्वर चौरासिया, दिव्य देव, आकांक्षा केसी, किरण श्रेष्ठ, अदिती शेर्पा, आदि मिश्र लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

‘पारी बुटोल’ केवल ग्याङ्स्टर चलचित्र मात्र नभएर यो सामाजिक कथामा आधारित चलचित्र भएको पनि निर्देशक पाण्डेले बताए । यस चलचित्रका लेखक पनि निर्देशक पाण्डे नै हुन् ।

चलचित्रको कथा’bout निर्देशक पाण्डले भने,‘यो युवापुस्ताको कथामा आधारित चलचित्र भएकाले यसले दर्शकलाई एकदमै स्थानीयपन र यथार्थपरक अनुभूति दिने छ । युवाहरूको परिवार, संघर्ष र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयास यसका कथामा गरिएको छ ।’

यो चलचित्रमा महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको पाश्र्व संगीत र ¥यापर सुरज क्षेत्री (भ्योमा)को गीत छ । ल्याक्सी श्रेष्ठ यसको निर्मातामा रहेका छन् । यसमा लोकेश बज्राचार्यको सम्पादन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन छ । यस्तै सह निर्मातामा मनिषा अधिकारी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट