काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन् ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको हो । त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ । बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गरेको उक्त प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो । रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।
सम्बन्धित समाचार
संविधान संशोधन कार्यदलको कार्यादेश र सीमामा शंका
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
प्रधानमन्त्रीले आफूसँगै राखे श्रम मन्त्रालय
रामजी यादव श्रम र गौरीकुमारी उद्योगमन्त्री नियुक्त
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
ट्रम्पद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी
कांग्रेसको एक महिने जरा सुरु
पूर्वमन्त्री खड्कालाई रिहा गर्न सर्वोच्चकोआदेश






