कपिलवस्तु । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारत–नेपाल सीमाक्षेत्रबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू कृष्णनगरबाट भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा समातिएका हुन्।
प्रहरीका अनुसार, हिजो साँझ करिब ६ बजे विशेष सूचनाको आधारमा सीमा क्षेत्रमा खटिएको टोलीले सादा पोशाकसहित निगरानी गरिरहेको थियो। सोही क्रममा शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा चरेश फेला परेको हो।
पक्राउ परेकामा तीन जना महिला र एक पुरुष रहेका छन्। उनीहरूले कम्मरमा विशेष रूपमा पेटी बनाइ लुकाएर चरेश भारततर्फ लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्ति भरिया मात्र रहेको खुलेको छ भने उक्त अवैध कारोबारको मुख्य योजनाकार अझै फरार रहेको आशंका गरिएको छ। घटनासँग जोडिएका थप व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
सीमा क्षेत्रमा भइरहेको लागूऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले निगरानी थप कडा बनाइएको जनाएको छ।
सम्बन्धित समाचार
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
सुन तस्करसँगको ‘कनेक्सन’ : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
एक हजार सात सय बढी कारबाहीमा
लागुऔषधसहित पाँच जना पक्राउ
दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ
लागुऔषधका कारोबारी पक्राउ






