‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

प्रहरी महानिरीक्षक कार्की-सम्बोधन काठमाडौँ, १० वैशाखः प्रहरी महानिरीक्षक दानबहादुर कार्की बिहीबार ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरूको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधमा परेका मुद्दाको छिनोफानो गर्न कठिन भएको बताएका छन् ।

राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा साइबर बुलिङ तथा साइबर अपराध र नियन्त्रणका लागि भइरहेका प्रयासको ब्रिफिङ गर्ने क्रममा महानिरिक्षक कार्कीले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत ‘फेक आईडी’ बनाउने, गालीगलौज गर्ने, गलत सूचना दिनेलगायत डिजिटल बैंकिङजस्ता जघन्य अपराध बढिरहेको उल्लेख गर्दै पीडितलाई द्रुत गतिमा न्याय दिन चुनौती थपिएको बताए ।

धेरैजसो फेसबुक, इन्स्टाग्राम, हवाट्सएपलगायत प्लेटफर्मको दुरुपयोग गर्दै हिंसात्मक गतिविधि भएका मुद्दा प्रहरीमा दर्ता भएको उनले बताए । उनका अनुसार कार्यालयमा साइबर क्राइमसँग सम्बन्धित दैनिक ८० देखि ९० वटा उजुरी पर्ने गरेका छन् ।

प्रहरी कार्यालयमा गत वर्ष साइबर बुलिङ र हिंसाका तीन हजार उजुरी परेको महानिरिक्षक कार्कीले जानकारी दिए । गत वर्ष भने विद्युतीय अपराधसम्बन्धी १८ हजार ९२६ उजुरी परेका थिए ।

सामाजिक सञ्जालका प्लेटर्फममार्फत व्यक्तिको चरित्रहत्या गर्ने, यौन हिंसा गर्ने, गालीगलौच गर्ने र मिथ्या झुटा सूचना प्रसार गर्नेलगायत क्रियाकलापले अपराधिक गतिविधिलाई बढावा दिएको उनले सुनाए । पर्याप्त जनशक्तिको अभाव, प्रविधि सम्पन्न संरचनाको अभाव, पुरानो कानुन हुनुका साथै सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र नहुँदा अपराध व्यवस्थापन गर्न चुनौती झेल्नु परेको महानिरिक्षक कार्कीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा