लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा रहने, अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताए ।
उनले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिउ । हाल करिब रु छ अर्ब हाराहारीमा रहेको राजस्वलाई आगामी आवमा साढे रु छ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए ।
संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजस्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको जानकारी दिए ।
सम्बन्धित समाचार
विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
१३औँ नेपाल उल्लु महोत्सवमा चार संरक्षणकर्मी सम्मानित हुँदै
पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा
इँट्टाभट्टाको पर्खालले च्यापिएर एक मजदुरको मृत्यु






