‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न ६ वटा स्थानमा सञ्चालित ‘सेकुवा बाई किलो’ नामक रेस्टुरेन्टको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी लोकेश बम नियुक्त भएका छन् । 

दुई वर्षअघि २५ वैशाख २०८१ बाट नेपालको रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेको ‘सेकुवा बाई किलो’ कम्पनीले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी बमलाई आफ्नो ब्रान्ड एम्बेसडर (एथलिट) खेलाडीको रूपमा नियुक्त भएको घोषणा गरेको हो । कार्यक्रममा ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’का संस्थापक सञ्चालक सेफ गौचन र राष्ट्रिय क्रिकेट खेलाडी बमबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दुई वर्ष पहिले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्पनजिकै पहिलो शाखाको रूपमा स्थापना भएको ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’ लगानी विस्तारको क्रममा फैलिएर अहिले विभिन्न ६ ठाउँमा सञ्चालन भइरहेको छ । सेकुवा पारखीका लागि निकै लोकप्रिय ब्रान्ड ‘सेकुवा बाई किलो रेस्टुरेन्ट’का संस्थापक सञ्चालक गौचनले आफूले यस क्षेत्रमा प्रवेश गर्नेक्रममा सबैभन्दा पहिले खोलिएको कलंकी शाखा, दोस्रो ललितपुरको झम्सिखेल, तेस्रो दरबारमार्ग, चौथो सामाखुसी, पाँचौँ लाजिम्पाट र छैठौं शाखा बाँसबारीमा गरी ६ वटा स्थानमा खोलिएको यस रेस्टुरेन्टमा ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए ।

उनले राम्रो स्वाद, राम्रो काम र दाम एवं उच्च गुणस्तरीय परिकार’ भन्ने उद्देश्यका साथ स्थापना भएको यस रेस्टुरेन्टको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी बमलाई नियुक्त गरिएको घोषणा गर्न पाउँदा निकै गौरव लागेको बताए । गौचनले यस सम्झौतापछि अझै रेस्टुरेन्ट र खेलप्रेमीबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको बताए । उनले भर्खर भारतमा सम्पन्न भएको विश्व क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेका क्रिकेटर खेलाडी बमलाई आफ्नो कम्पनीको आधिकारिक ब्रान्ड खेलाडीको रूपमा सहकार्य गर्दै अघि बढ्दा नयाँ पुस्ताको खेलाडीलाई केही प्रोत्साहन मिल्ने र खेलप्रेमीबीच पनि यस रेस्टुरेन्टको चर्चा हुने भएकाले एक वर्षका लागि सो सम्झौता गरिएको बताए । 

यस रेस्टुरेन्टले टि–२० खेल चलिरहेको बेला पनि आफ्ना ग्राहकलाई विशेष छुट अफर प्रदान गरेको र हाल अफिस समयमा १ सय ९० रुपैयाँमा यहाँको खाजा सेट उपलब्ध गराउँदै आएको जानकारी गराउँदै गौचनले भने, ‘अझै हामी यस रेस्टुरेन्टको शाखा विस्तारकै क्रममा छौं ।’ राष्ट्रिय क्रिकेट खेलाडी बमले पनि आफू यस कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।

सुदूरपश्चिमको डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका चर्चित क्रिकेटर खेलाडी बमले सन् २०२२ को टि –२० क्रिकेट टिममा सहभागी भएदेखि निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गौरव बढाउने काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम