बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ४ जना पक्राउ

पोखरा । पोखरा ८, जाल्पारोडका विभिन्न खाजाघरहरुमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासोपछि कास्की प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट शनिबार राति खटिएको प्रहरी टोलीले उक्त ठाउँबाट ४ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दासमेत चलाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

घटना विवरण अनुसार, पोखराको व्यस्तबजार न्यूरोडको पश्चिमतर्फ रहेको जाल्पारोडमा विगतमा पनि यस्तै क्रियाकलाप हुने गरेको थियो । गत वर्ष पनि प्रहरीले छापा मारेर केही खाजाघरका संचालकलाई पक्राउ गरिएको थियो ।

पछिल्लो समय पनि त्यहाँ सञ्चालित केही खाजाघरहरुमा होहल्ला भई अनैतिक क्रियाकलाप हुने गरेको व्यापक गुनासो प्रहरीसमक्ष स्थानीयले गरेका थिए ।

प्रहरीले सोही सूचनाअनुसार अनुसन्धान गर्दा आर्थिक अवस्था कजोर भएका बालिकाहरुलाई विभिन्न प्रलोभन देखाइ खानबस्न सुविधासहित राम्रो तलबमा होटलमा काममा लगाइदिन्छु भनी सुरुमा काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिई जबर्जस्ती रात बिताउन लगाउने भेटिएको थियो ।

प्रहरीले सो स्थानबाट त्यस्ता पीडित २ जना बालिकाहरुको उद्धारसमेत गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने ४ जनामध्ये २ जनाको नाम गोप्य राखिएको छ । जसमा मोरङ जिल्लाको कसेरी स्थायी घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीया महिला (नाम परिवर्तित कास्की ६८), सिन्धुली जिल्ला स्थायी घर भई हाल पोखरा ८ मा खाजघर सञ्चालन गर्ने ३१ वर्षीया अर्की एक महिला (नाम परिवर्तित कास्की ६९), पोखरा २६, बूढीबजारका ५० वर्षीय विष्णुबहाुदर राजभाट र भारतको बिहान स्थायी घर भई हाल पोखरा ९, नयाँबजार बस्ने ३१ वर्षीय अमीर उल्ला मियाँ छन् । उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट