दर्जनौं हिट म्युजिक भिडियो र फिल्ममार्फत उदाउँदै श्याम

काठमाडौं । नुवाकोटका युवा प्रतिभा श्याम मगर नेपाली कला क्षेत्रमा उदाउँदै गरेका कलाकारका रूपमा चर्चामा छन् । अभिनय, मोडलिङ, तथा म्युजिक भिडियोमार्फत उनले दर्शकको मन जित्दै गइरहेका छन्।

श्याम मगरले ‘ताराहरु’, ‘कल्ली’, ‘जीवनसाथी’ जस्ता सिनेमामा अभिनय गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। साथै, “शाली भेना”, ‘बुटवल बजारमा’, ‘छड्के नजर’ लगायत एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा उनको सशक्त अभिनय दर्शकले अत्यन्त मन पराएका छन्।

श्याम मगर कलाकार मात्र नभई एक युवा व्यवसायी, निर्माता तथा समाजसेवी समेत हुन् । उनले नेपाली सिनेमामा आफ्नो बलियो उपस्थिति जनाउँदै नयाँ उचाइतर्फ अघि बढिरहेका छन्। समाजप्रतिको योगदान र सकारात्मक सोचका कारण उनी युवा पुस्तामाझ प्रेरणाको स्रोत बन्दै गएका छन्।

साथै, जुनेली फिल्म मार्फत उनले आफ्ना सिर्जनाहरू युट्युबमा प्रस्तुत गर्दै नेपाली दर्शकमाझ नयाँ स्वाद ल्याइरहेका छन्। उनको कामले युवा पुस्तालाई प्रेरणा दिने मात्र होइन, नेपाली कला क्षेत्रलाई पनि नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु