क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता

काठमाडौं । काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी बनेका छन्।

राष्ट्रिय प्रतियोगिताको रापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाम गरेका छन्। भण्डारीले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे।

यस्तै ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक जोडेर राष्ट्रिय विजेता बनेका छन्। शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन्।

महिला राष्ट्रिय रापिड तर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनीन्। झापा जिल्लाका कृतिसराले व्यक्तिगत २१।८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छिन्।

चौथो वरियताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधा तर्फ ६.५ अंक बनाउदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छिन्। उनले ७ चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याईन्।

यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद रु। ५० हजार पुरस्कार प्राप्त गरेका छन् भने महिला विजेता अधिकारीले नगद रु। १५ हजार पुरस्कार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

यसैगरी रापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष् फूँयालले एकल ८ अंक बनाउदै द्वितीय स्थान हासिल गर्न सफल बनेका छन्। आशिषले नगद रु। २५ हजार पुरस्कार ग्रहन गरेका छन्।

यस्तै झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंक उत्कृष्ट ४९ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय स्थान ओगटेका छन्। राजनले नगद रु. १५ हजार प्राप्त गरे।

यता राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७.५ अंक उत्कृष्ट ४७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान ओगट्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन्।

यस्तै दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटीले समान ७.५ अंक जोडेर तृतीय स्थानमा रहँदै नगद रु। ८ हजार हात पार्न सफल बनेका छन्।

राष्ट्रिय चेस प्रतियोगितामा विभिन्न जिल्लावाट एकसय अस्सि जना खेलाडी सहभागी भएका मध्ये ५३ जनाले विभिन्न विधामा कूल नगद रु। ३ लाख पुरस्कार प्राप्त गरेका छन्। रापिड खेलमा रु। २ लतख तथा ब्लिट्ज तर्फ नगद रु। १ लाख पुरस्कार प्रदान गरिएको थियो।

शुक्रबार क्षेत्रपाटी क्लबले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यवाहक मेयर सुनिता डंगोलले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बुद्धिचाल खेललाई माइन्ड गेम ९बौद्धिक खेल०को संज्ञा दिनुका साथै काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धनमा टेवा पुर्‍याउने उदघोष गरेका छन्।

क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ वडा अध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ