काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।
सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा आज बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाडौँका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।
“कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उनले भने ।
धोबी खोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमती नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्ने क्रम चलिरहेको छ । उनका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ ।
काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवी नगरमा १५र२०, बालाजुमा तीन र तिलगंगामा ८९ संरचना आज हटाइँदै छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिवारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुम्वासी बस्ती हटाउने क्रम सुरु भएको हो । शनिबार काठमाडौँको थापाथली, सिनामङ्गल–गैरी गाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुम्वासीको पहिचान गरी उनीहरूलाई व्यवस्थापन पनि गरिएको छ ।
बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुम्वासीको पहिचान गर्न थालेको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ ।
सम्बन्धित समाचार
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो
बालेन्द्र सरकारको एक महिना, ५० प्रतिशत प्रतिबद्धता कार्यान्वयन
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा
रास्वपाको दोहोरो चरित्र : सत्ताबाहिर ‘तिब्र आक्रामक’, सत्तामा ‘नम्र आक्रामक’
शेखर गोल्छाको मुद्दा : अदालतलाई कहिले समय पुग्दैन, कहिले हेर्नै मिल्दैन
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने






