स्याङ्जा । बुटवल पावर कम्पनी (विपिसी) को सेवा स्याङ्जाका केही क्षेत्रमा अवरुद्ध भएको छ । जिल्लाको वालिङ र भीरकोट नगरपालिकाका अधिकांश वडाहरुमा शनिवार रातीदेखि विद्युत सेवा अवरुद्ध भएको हो । कम्पनीले एक सूचना जारी गर्दै वालिङस्थित मिर्दी सवस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरमा अचानक समस्या आएपछि मर्मत गर्नुपर्ने भएकोले सेवा अवरुद्ध भएको हो ।
सवस्टेसनमा रहेको ट्रान्सफर्मरमा कसरी समस्या आयो भन्ने बिषय भने कम्पनीले खुलाएको छैन । शनिवार राति मेघगर्जनसहित पानी परेको र ठूलो आवाजमा ट्रान्सफर्मर पट्किएकाले चट्याङ्का कारण ट्रान्सफर्मरमा समस्या आएको हुनसक्ने स्थानीयहरु बताउँछन् । कम्पनीले सकेसम्म छिटोभन्दा छिटो मर्मत कार्य सम्पन्न गरी विद्युत सप्लाई आपूर्ति गरिने जनाएको छ ।
विपिसीको गल्याङ शाखाका प्रमुख डोल खरेलका अनुसार ११ के.भी. प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका लागि बुटवल लैजानुपर्ने भएका कारण दुईदिन सम्म वालिङ र भीरकोट क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताए । सबस्टेसनमा ठुलो समस्या आयो प्रमुख खरेलले भने,‘बैकल्पिक ट्रान्सफर्मर नभएका कारण दुईदिन समस्या हुन सक्छ ।’ यसमा सर्वसाधरणमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी माग्न चाहान्छ उनले भने ।
दुईदिन सम्म विद्युत अवरुद्ध हुँदा सरकारी कामको सेवा अवरुद्ध देखी टेलिफोन सेवा, घरेलु उद्योग धन्दा, बैंक वित्तिय लगायत विद्युतीय संचार माध्यमहरु मर्कामा परेका छन् । विपिसीका ट्रान्सफर्मरहरु बेला—बेलामा बिग्रिने गर्दा केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदै आएपनि लामो समय अवरुद्ध हुने यो पहिलो पटक हो ।
सम्बन्धित समाचार
पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
नौ वर्षपछि कसरी टुंगियो इस्मा गाउँपालिकाको केन्द्र विवाद ?
चिकित्सा शिक्षा आयोगको वेबसाइटमा अनियमिताको आशंका, छानबिनको माग
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ






