संघीय संसद बैठक २८ वैशाखदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौं । सरकारले आगामी २८ वैशाखदेखि संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्नेछ ।

यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

आगामी १० जेठदेखि डोल्पामा यार्सापाटनहरू खुला गरिने