पोखरा । प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन् ।
मंगलबार पालिखेको स्मृति दिवस अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले वर्ष २०८१ का लागि बस्नेत र वर्ष २०८२ का लागि बराललाई जनही १ लाख १ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
पोखरामा लामो समय पत्रकारिता गरेका तनहुँका बस्नेत हाल रासस काठमाडौंमा वरिष्ठ सम्पादक छन् । पोखराकै कृष्णमणि बराल हाल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट् र इनेचर न्यूजमा कार्यरत् छन् ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा उनको परिवारजनले स्थापना गरेको उक्त सम्मान पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको शाखा अध्यक्ष माधवप्रसाद बरालले बताए ।
समारोहमा प्रदेश प्रमुख भट्टले सम्मानित व्यक्तित्वहरुलाई बधाई दिँदै पत्रकारिता पेसा चुनौतीपूर्ण र संघर्षपूर्ण पेसाका रुपमा गुज्रिँदै गएको बताए । उनले पारदर्शीता, जवाफदेहिता र सुशासन वृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘सूचनाले नागरिकलाई अचेल दिग्भ्रमित पार्दै गएको छ । पेसागत हकहित वृद्धिसँगै सच्चा पत्रकारिताको यतिबेला खाँचो छ ।’
पत्रकार महासंघ कास्की अध्यक्ष बरालले प्रेस संकूचित पारेर लोकतन्त्र सुदृढ हुन नसक्ने बताए । उनले सरकारी विज्ञापन निजी मिडियालाई छेकेको सरकारको कदमविरुद्ध महासंघको आन्दोलन जारी रहेको बताए ।
सम्मानित पत्रकारद्वय बस्नेत र बरालले सम्मानबाट आफ्नो पत्रकारिता पेसमा अझ उत्प्रेरणा मिलेको बताए । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने पालिखे परिवारका तर्फबाट सुनयना पालिखेले पनि बोलेकी थिइन् ।
सम्बन्धित समाचार
मुस्ताङको घरपझोङ राष्टिय मूर्तिकला कार्यशाला
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
दर्जनौं हिट म्युजिक भिडियो र फिल्ममार्फत उदाउँदै श्याम
‘मिरा क्यान्सर समाज’ स्थापना
पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
‘लालीबजार’ रोकेपछि चलचित्रकर्मीहरू धर्नामा उत्रिए
सेन्सरमा रोकियो सञ्जय दत्तको चलचित्र
गर्भवती फोटो भाइरल हुँदा दीपिकालाई तनाव






