प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनमा परिषद् सचिवालयले भोलि बिहीबारका लागि परिषद्को बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

राष्ट्रपति रामचनद्र पौडेलले सरकारको सिफारिसमा हिजो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेनले परिषद्को बैठक बोलाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त