गुल्मी । गुल्मीको गुल्मीदरबार आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । केही समय पहिले निर्माण सम्पन्न भएको १५ शैयाको अस्पतालमा सोमबारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरोज थापाले आफुहरुले पालिका भवनभन्दा पहिले अस्पताल निर्माण गरेको बताए । अस्पतालमा अहिले विशेषज्ञ डाक्टरको पनि व्यवस्था गरेकोले अब नागरिक सेवामा सहजता मिल्ने बताए । अध्यक्ष थापाले अब आफ्नै पालिकामा स्वास्थ्य बीमासहितको अस्पताल संचालनमा आएसँगै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनसमेत आग्रह गरे ।
गुल्मीमा पहिलो पटक गुल्मीदरबार गाउँपालिकाले गत बर्षको असारबाट १५ शैयाको अस्पताल संचालनमा ल्याएको थियो । विशेषज्ञ डाक्टरसहित संचालनमा आएको अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य बीमाको समेत प्रक्रिया अगाडी बढाइएको थियो ।
अस्पतालमा हाल दुईजना मेडिकल अफिसर रहेका छन् भने पालिकाले प्राविधिक जनशक्ति एवं केही जनशक्ति करारमा नियुक्त गरेको छ । अस्पतालमा अहिले आकस्मिक सेवा, प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, इन्डोर सेवा लगायतका सेवाहरु २४ सै घण्टा उपलब्ध छन् ।
त्यसैगरी ओपिडी, ल्याब, एक्सरे लगायतका सेवाहरु पनि अस्पतालमा उपलब्ध रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । नेपाल सरकारको नीतिअनुसार स्वास्थ्य बीमाको सेवा लिदाँ अन्य अस्पतालमा १० प्रतिशत शुल्क लाग्ने भएपनि गुल्मीदरबारमा भने कुनै शुल्क नलाग्ने अर्यालले बताए । हाल गुल्मीदरबार गाउँपालिकामा १० हजार ६४१ नागरिक स्वास्थ्य बीमामा आवद्ध छन् ।
सम्बन्धित समाचार
बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
किष्ट हस्पिटल नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै
टियुका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण
दुई बिघा केराखेतीमा ठूलो क्षति
पाठेघर मुखको परीक्षण समयमा नै नगराए अवस्था भयावहः डा सिंह
सङ्खुवासभामा ६ हजार बढी बालबालिकाको स्वास्थ्य जाँचिने






