पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अब्द्युल अजिज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकको माग बमोजिम किन आदेश गर्नु नपर्ने हो, त्यसको कारण पेश गर्न भनेको छ।

स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाई तत्काल रिहा गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो।

सर्वोच्च बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न