नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई रिहा गरी अनुसन्धान जारी राख्न निर्देशन दिएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

यसअघि पाण्डेकी पत्नी निरु दाहालले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित विषयमा आपराधिक विश्वासघातलगायतका कसुरमा अनुसन्धान गर्दै पाण्डेलाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश